ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रहेनन् जनगायक प्रचण्ड


sharan sharan
बैशाख २, २०७६ सोमबार  ११ : ४२ बजे

बुटवल, २ बैशाख ।
नबिर्से है रातो रुमाल,
कुरितीको बिरोधमा तातो रातो रगत उमाल
ख्याल गर, जनता जागे कस्को के लाग्छ र ? सरर…..

जनतालाई अन्यायका बिरुद्ध लडन सिकाउने एउटा दरिलो खम्बाको नाम हो प्रचण्ड बहादुर बुढाथोकी । नवलपरासीलाई कर्मभुमी बनाएपनि देशका पुर्बदेखि पश्चिम सम्मका शोशित पिडीत र अन्यायमा परेका जनतको सारथी बनेर गीत संकलन गर्दै हिंडने प्रचण्ड आज सधैंका लागि अस्ताएकाछन् ।
निमोनिया र कमलपित्तले ग्रसित जन गायक प्रचण्डको ८३ वर्षको उमेरमा भैरहवा स्थित भैरहवा मेडिकल कलेजमा आज निधन भएको छ । प्रचण्डले संकलन गरेका हेरक रचनाहरु आज पनि जनताका बिच लोकप्रिय मात्र होईन जिवन उपयोगि समेत छन् । कुनैबेला उनले रचना तथा संगित दिएका यो गित अहिले पनि त्यती नै लोकप्रिय र जिवन उपयोगि छ ।

आज भोली के चलन आयो, मान्छे हेर मातेर बौलायोचिसो चिसो पानी हिउंदमासमा अर्कलेर खानी, तातो चिया पानी जल्ले पनि खानी
हेर्दै आंखा तानी, अर्को झोले पानी आजभोली धेरै जसोले खानी
यती थोरै खांदा सम्म राम्रै हुन्छ कुराकानी,जव धेरै खाए पछि झगडा हुन्छ जानाजानी
तानातानी र हानाहानी, गोजीको पैसा थाहै नभई जानी, दिनेलाई भन्दा खानेलाई हानी
यो झोले पानी पिउंदाखेरी बिचार गरेर पिउनु है नानी,
ए नानी आरुले बारुले पैस सक्छ गनाउने दारुले…………

जनताको जनजिब्रोमा झुण्डीने शब्द रचनाको भण्डार जन गायक प्रचण्ड बुढाथोकीका २ श्रीमती ६ छोरी र ४ छोरा छन् । उनका गीत सुनेर कम्युनिष्ट भएकाहरु आज सत्ताका बिभिन्न ओहोदामा छन्, तर प्रचण्ड जनताकै आगनीमा बिश्राम लिए । प्रचण्डले क्रान्तीका गीत संगै प्राय सबै गीतहरु नेपाली जिवनलाई आत्मसाथ गर्दै संकलन गरेको पाईन्छ ।
लाहुरे हुन नजाउ दाई अवत, खेर गयो नेपाली रगत / माया मारिर माया मारिर दुख पाईर आयाको पहाड छाडीर….
जस्ता उनका रचना आज पनि जनजिब्रोमा झुण्डी नै रहेको छ । गायक प्रचण्डलाई रुपन्देही र नवलपरासीलाई बिगतमा कर्मभुमी बनाएका धेरै कम्युनिष्ट नेताहरुले नसम्झेपनि प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने फेसबुक मार्फत श्रद्धान्जली ब्यक्त गरेका छन् । मुख्यमन्त्री पोखेरेलले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘भावपूर्ण श्रद्धाञ्जली कमरेड प्रचण्ड बहादुर बुढाथोकी । सांस्कृतिक क्षेत्रको तपाईँको योगदान अमर हुने छ’ । हाम्रो पनि भावपूर्ण श्रद्धान्जली जनगायक प्रचण्ड बुढाथोकी प्रति ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com