नयाँ वर्षको पहिलो दिन नै सोलुखुम्बुको लुक्लामा विमान दुर्घटनामा ३ को मृत्यु (भिडियोसहित)



काठमाडौं,१ बैशाख । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का, असई रुद्रबहादुर श्रेष्ठकको मृत्यु भएको हो।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ । दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनु भयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All