
काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रगति सुनाउने अवस्थामा पुगेको बताउनु भएको छ । नयाँ वर्ष २०७६को अवसरमा आइतबार बिहान बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो ।
उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकाले कदम चालिरहेको बताउँदै भ्रष्टाचारी नेपाली हुन नसक्ने समेत बताउनुभयो । उहाले अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको समेत चर्चा गर्नुभयो । त्यसैगरी दातृ निकायहरुले नेपाल दक्षिण एशियाकै उदाउँदो अर्थतन्त्र भएको जनाएको बताउनुभयो ।
बालुवाटारमा मन्त्रिमण्डलका अन्य सदस्यलाई समेत राखेर प्रधानमन्त्रीले गरेको सम्बोधनमा संघियता नेपालका लागि नयाँ भएको सबै तहका सरकारहरुले सिकेर काम अघि बढाउँदै गइरहेको जानकारी समेत गराउनुभयो । उहाले नेपालको व्यवस्था नेपालकै भूमिमा टुसाएर उम्रिएको र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई धन्यवाद दिनुभयो ।
उहाले गएको आम निर्वाचनमा जनताले स्थायित्व र विकासका पक्षमा मत दिएको चर्चा गर्दे प्रधानमन्त्री ओलीले अहिले सरकारले त्यसका लागि जग बसाल्ने काम गरेको बताउनुभयो । आफ्नो मात्रै स्रोत साधनबाट विकास गर्न ढिलो हुने भएकोले बाह्य प्रविधि भित्रयाउनकालागि जोड दिइएको समेत जानकारी गराउनुभो ।
एक वर्षमा के नै भयो भनेर निराशा व्यक्त नगर्न आग्रह गर्दै उहाँले सरकारलाई प्रश्न सोध्ने तरिका फेर्न आग्रह गर्नुभयो, यो वर्ष कति बाटो बन्यो, कति कानुन बने पानी जहाज कार्यालय खुल्यो कहिलेबाट सञ्चालन हुन सक्छ रु सामाजिक सुरक्षाको अभियानले
जेष्ठ नागरिक स्वास्थ्य बिमाबाट आमा बाबालाई कस्तो फाइदा हुन्छ? अन्तर्राष्ट्रिय फोरममा भएको सहभागिताबाट नेपालले के फाइदा पाउन सक्छ भन्ने जस्ता विषयमा प्रश्न सोध्न उहाँले भन्नुभयो ।
देश र जनता नै सरकारको प्राथमिकता भएको चर्चा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारीलाई छानबिनको दायरामा ल्याउने काम भइरहेको र राज्यको अनधिकृत दोहनलाई बन्द गर्ने र जालझेल गरेर हडपिएका सरकारी जग्गा फिर्ता गर्दै ल्याइने समेत बताउनुभयो ।
उहाँले यो वर्ष पृथकतावादको अन्त्य भएको भन्दै कुनैपनि अतिवादलाई स्थान नहुने भन्दै प्रतिगामी गतिविधिका विरुद्धमा पनि कडाइ गरिने बताउनुभयो ।
उहाले तीब्र विकासका लागि देशलाई समयको अभाव भएको बताउँदै युएइका प्रधानमन्त्रीको पुस्तकमा भनिए झैं बाँच्नका लागि छिटो दौडिनुपर्ने अवस्थामा नेपाल रहेको समेत जनाउनुभयो । विकासका लागि नेपाल अफ्रिकी सिँह र हरिणको जस्तै दौडिनुपर्ने अवस्थामा रहेको बताउनुभयो ।
उहाले आफूपनि विकासका लागि बिहानदेखि बेलुका सम्म दौडिरहेको बताउँदै एक वर्षको अवधिमा आफू ३१४ वटा कार्यक्रममा सहभागी भएको समेत प्रधानमन्त्रीले बताउनुभयो यसअनुसारका परिणाम पनि अहिले देखिन थालेको उहाको भनाई थियो ।



















प्रतिक्रिया दिनुहोस्