ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा चुनावी गर्मी, केन्द्रिय नेता प्रादेशिक चुनावी मैदानमा


admin
आश्विन २४, २०७४ मंगलबार  १२ : ४६ बजे

चितवन, २४ असोज । स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ ।
जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि जिल्लाको नाम चल्न थालेको छ । चितवन क्षेत्र नं १ बाट नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, क्षेत्र नं २ बाट नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं पूर्वरक्षामन्त्री रामबहादुर थापा, क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र सोही क्षेत्रबाट राप्रपा (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वर्तमान वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे निर्वाचनमा लड्ने तयारीमा हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले यसअघि नै घोषणा गरेर क्षेत्र नं ३ बाट निर्वाचन लड्ने बताइसक्नुभएको छ । गृह जिल्ला चितवन भए पनि यसअघिका निर्वाचनमा उहाँ अन्यत्रबाट प्रतिस्पर्धा गरिरहनुभएको छ ।
सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा छोरी रेणु प्रमुख हुनुहुन्छ । यसअघि सो क्षेत्रबाट नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचन भई प्रधानमन्त्रीसमेत हुनुभएको थियो ।

हाल निर्वाचन क्षेत्र गाभिएपछि सोही क्षेत्रमा पर्ने यसअघिको क्षेत्र नं ५ बाट निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री पाण्डेले क्षेत्र नं ३ बाटै निर्वाचन लड्ने बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो “लोकतान्त्रिक गठबन्धन भए पनि नभए पनि म क्षेत्र नं ३ बाटै निर्वाचन लड्छु ।” यसअघि पार्टीभन्दा व्यक्तिगत मत बढी पाउनुभएका पाण्डेले दाहालसँग निर्वाचनमा भिड्दै बताउँदा चुनावी रौनकता र प्रतिस्पर्धा अरु थपिने देखिएको छ ।

त्यस्तै क्षेत्र नं २ बाट माओवादी केन्द्रका नेता थापा निर्वाचन लड्न इच्छुक देखिनुभएको छ । उहाँका स्वकीय सचिव अच्युत पन्तले थापा एक्लै निर्वाचन लड्ने तयारीमा रहनुभएकामा वाम एकता भएपछि झन् सजिलो बनेको बताउनुभयो । पन्तले भन्नुभयो “नेता थापा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन लड्न इच्छुक हुनुहुन्छ ।” यसअघि पनि सोही क्षेत्रसमेत पर्ने तत्कालीन क्षेत्र नं २ बाट थापा निर्वाचित हुनुभएको थियो । थापालाई माओवादी केन्द्रका तेस्रो ठूलो नेताका रुपमा लिइन्छ ।

त्यसैगरी वामपन्थी गठबन्धनको कार्य दलमा थापा रहनुभएको छ । जिल्लाको क्षेत्र नं १ बाट एमाले नेता पाण्डेको नाम सर्वसम्मत सिफारिस भएको छ । जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले क्षेत्र नं १ मा पाण्डेको विकल्प अरु नभएको बताउनुभयो । पार्टीको गत महाधिवेशनमा उहाँ महासचिवमा झिनो मतले पराजित हुनुभएको थियो । उहाँ सोही क्षेत्रको हालको सांसद पनि हुनुहुन्छ । जिल्लाका पाँच क्षेत्र गाभिएर ३ क्षेत्र बनेपछि वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उच्च नेताले इच्छा देखाएपछि यहाँको चुनावी सरगर्मी निकै बढेर गएको छ ।

केन्द्रीय नेता नै जिल्लाबाट निर्वाचन लड्ने भएपछि यहाँको विकास द्रुत गतिमा हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । यसअघि देशको राजधानी र प्रदेशको राजधानीलगायत चर्चा गरिँदै आएको भए पनि ‘छयहत्तरौँ जिल्ला’ले कुनै उपलब्धि लिनसकेको छैन । जिल्लामा तीन लाख ५४ हजार ३५ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com