ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग


admin
चैत्र २७, २०७५ बुधबार  ५ : ४८ बजे

काठमाडौं,२७ चैत । राष्ट्रिय जनता पार्टीले पुर्व न्यायाधिश गिरिस चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै मुलुकभर प्रर्दशन गर्ने तयारी गरेको छ ।

मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक लगायतका माग गर्दै पर्सि शुक्रबार सबै जिल्लामा विरोध प्रर्दशन कोणसभा गर्ने गरि पार्टी भित्र आन्तरिक सर्कुलर जारी गर्ने निर्णय गरेको हो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको राजपाले सरकारलाई दबाब दिन सडक संघर्षको कार्यक्रम तय गरेको हो । राजपाले संविधान संसोधन, जेलमा रहेका रेशम चौधरी लगायत आन्दोलनकारीको तत्काल रिहाई, आन्दोलनकारी माथिको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्न माग गरेको छ ।

त्यसैगरी राजपाले भ्रष्टाचारी, कालोबजारी, मंहगी, बेरोजगारी अन्त्य गर्न , राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्न तथा राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द लगायत ९ बुँदे माग अघि सारेको छ । पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बसेको बैठकले मुलुकभर प्रर्दशन गर्ने गरि पार्टीको तल्लोतहसम्म सर्कुलर जारी गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिनुभयो ।

महासचिव झाका अनुसार अध्यक्ष मण्डलको बैठक विहिबार पनि बस्नेछ । बैठकमा महाधिवेशनका सम्बन्धमा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीका तर्फबाट प्रस्तुत तीन विकल्पका बारेमा छलफल चलिरहेको छ ।

संयोजक भण्डारीले पार्टीको तल्लो तह देखि विधान संसोधन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि कम्तिमा ४ महिना महाधिवेशनको समय सार्ने , वडा अधिवेशन र प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन गर्ने तथा एकता वा विशेष महाधिवेशन गर्ने गरि तिन विकल्प अघि सार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com