
काठमाडौं, २७ चैत्र । विश्वकै सर्वोच्च हिमशिखर सगरमाथाको उचाई अव सरकारले मापन गर्ने भएको छ। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राविधिक टोली पठाएर सगरमाथाको उचाई नाप्न लागेको छ ।
उक्त प्राविधिक टोलीलाई आज प्रधानमन्त्री केपी ओली र विभागीय मन्त्री पद्मा अर्यालले बुधबार बिहान विदाई गर्दैछन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विदाई कार्यक्रमको आयोजना हुने मन्त्रालयले जनाएको छ। नेपाल सरकारले सगरमाथाको उचाई नाप्न लागेको यो पहिलोपटक हो। सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटरका रुपमा अन्तर्राष्ट्रिय चर्चा रहेपनि यस विषयमा समय समयमा विवाद उठ्ने गरेको छ।



















प्रतिक्रिया दिनुहोस्