ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुक्क भएर लगानी गर्नुस् : अर्थमन्त्री


एबीसी न्यूज
चैत्र २६, २०७५ मंगलबार  ५ : ०८ बजे

काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति अवलम्बन गरेका कारण वैदेशिक लगानीकर्ताको लगानीलाई आवश्यक सुरक्षा दिने र उत्पादन अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फ्रान्सका लगानीकर्ताले खोजेअनुसारको लगानीको वातावरण दिन सरकार तयार छ ।” दुवै देशको हितमा हुने गरी व्यापारिक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले फ्रान्सेली विमान सेवाले नेपालमा सिधैँ उडान भरेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध जतिकै मजबुत आर्थिक सम्बन्ध पनि हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निष्कर्षसहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो । महासङ्घका अध्यक्ष भवानी राणाले लगानीका लागि नीतिगत तथा कानूनी सुधार भएको प्रष्ट पार्दै सरकार र निजी क्षेत्रको समन्वयमा बाह्य लगानीका लागि प्रयत्न भइरहेको बताउनुभयो । नेपालका लागि फ्रान्सका राजदूत फ्राँन्स्वइस जाभियर लेजेले दुई देशबीचको व्यावसायिक सहकार्यमा सो कार्यक्रमलाई परिणामदायी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले त्यसको सम्भाव्यता खोजी गर्नुपर्ने बताउनुभयो । फ्रान्समा लगानी गरिरहेका १५ प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिको सहभागिता छ ।

नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीसँग भएको व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीले सहकार्यका सम्भाव्य क्षेत्र प्रस्तुत गरेका थिए । सो अवसरमा फ्रान्सेली कम्पनीका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापनलगायत क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com