काठमाडौं,२४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक सम्पदाले स्थानीय नागरिकको जीवन सुदृढ हुने बताउनुभएको छ ।
सुनसरीको इटहरीमा आइतबार आयोजित अन्तर्राष्ट्रिय महामहोत्सव श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक सम्पदाले यो क्षेत्रको गौरव मात्र नभई त्यहाँका नागरिकको जीवन सुदृढ र सुखी बनाउने माध्यम रहेको बताउनुभएको हो ।
उहाँले इटहरी औद्योगिक नगरको रुपमा बिस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता सुविधायुक्त र सांस्कृतिक सम्पदाले जनसेवामा ठूलो सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रपति भण्डरीले प्रदेश नम्बर १ युगौंदेखि कला तथा सांस्कृतिक क्षेत्रको रुपमा अब्बल बताउदै त्यसको संरक्षण र प्रवद्र्धनका निम्ती सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले धर्मको प्रचारप्रसार मात्रै नभएर मानवीय सेवामा पनि टेवा पुग्ने बताउनुभयो । महिला तथा बालबालिका मन्त्री थममाया थापा, संघीय मामिला मन्त्री लालबाबु पण्डित प्रदेश १ का प्रमुख प्रा. डा गोविन्द तुम्बाहाङ लगायतले शुभकामना मन्तब्य राख्नुहुदै धार्मिक हिसाबले पछिल्ला दिनहरुमा शंका उपशंका उब्जिरहेका बेला आस्था र सेवाको भावले यस्ता कार्यक्रम हुनु सह्रानीय रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्