बुटवल, २४ चैत । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक पठाउने भएका छन्।
प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा आएको भीषण हावाहुरीबाट प्रभावितलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक पठाउने सभामुख पुर्ण घर्तीको पैस्तावलाई सर्वसम्मत पारित गरेको छ ।
८७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश ५ प्रदेशसभा सदस्यको एक दिनको १ हजार ५ सयका हिसावले १ लाख ३० हजार ५ सय रुपैयां प्रदेश नम्बर २ का मुख्यमन्त्रीको कार्यालयको नाममा रहेको बिशेष खातामा जम्मा गर्ने गरि प्रस्ताव पास भएको छ । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ ।
प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् । यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका आँधी प्रभावितलाई एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्