
२२ चैत, बुटवल ।
पुर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले मदन भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिकता रहेको बताउनु भएको छ । । मदनभण्डारी फाउन्डेसन नेपाल प्रदेश नम्बर ५ को भेलालाई आज बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पाण्डेले पछिल्लो युवा पुस्ताले भण्डारीका विचारलाई आत्मसाथ गर्दै अगाडी बढ्नुको विकल्प नभएको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्युट पाटीं [नेकपा]का केन्द्रीय सदस्य सुर्य थापाले युवा शक्तिमा विशेष बल हुने भन्दै यसलाई विचारको माध्यमबाट शक्तिमा परिणत गर्नको लागि आग्रह युवाहरुलाई आग्रह गर्नुभयो ।
फाउण्डेसनको प्रथम भेलाले बांकेका युवा नेता सुर्य ढकालको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले मदन भण्डारीका बहुआयामीक ब्यक्तित्वका बिषयमा प्रकास पारेका थिए ।



















प्रतिक्रिया दिनुहोस्