काठमाडौं, २२ चैत । आजबाट मुलुक भरका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार मौसम बदली हुने सम्भावना रहेको छ ।
पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना छ । शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्