काठमाडौं, १९ चैत । प्रदेश ३ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
अस्थायी मुकाम हेटौडामा आज बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक सहयोगको निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंंगेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले घटनाप्रति दुःख ब्यक्त गरेको छ ।
यस्तै प्रदेश सभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलव सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय गरेको कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिनुभयो ।
सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आजको प्रदेश सभामा जानकारी गराउने र तलबबाट सिधै काटेर सहयोग गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्