काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापाले पदबाट राजीनामा दिने भएका छन् ।निर्वाचनमा पार्टी पराजयको जिम्मा आफूले लिनुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाई छ ।
यता, उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन र सुझबुझपूर्ण निर्णय लिन सुझाएका छन् ।भेटमा थापाले भने– ‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ ।
अतः म राजीनामा दिन्छु ।’ यस्ता उपसभापति शर्माको सुझाव दिँदै भनेका छन्– ‘रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ती हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’








प्रतिक्रिया दिनुहोस्