काठमाडौं,१८ चैत । प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली बारा जिल्लाको कलैयास्थित अस्पतालमा पुग्नु भएको छ । आइतबार साँझ अचानक आएको भिषण हावाहुरीका कारण घाइतेको अवस्थाबारे उहाँले जानकारी लिनुभएको छ ।
प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिनुभएको थियो ।
गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्