ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारा र पर्साका बस्तीमा न त घर रह्यो नत अन्न बाली नै,क्षणभरमै खोसियो खुसी


admin

काठमाडौं,१८ चैत । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । 

चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो । 

खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह्यो नत अन्न बाली नै । हावाहुरीले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ । 

विद्युत्का सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आइतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भएका छन् । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ । 

‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् । एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सको अभाव देखिएको प्रदेश नं २ को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ । 

शक्तिशाली हावाहुरीले रोकि राखेको सवारी साधन पल्टाइ दिएको छ । सरकारले राहत र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित झापाको कार्यक्रम छाडेर हावाहुरी प्रभावित क्षेत्रमा पुग्नुभएको छ । प्रधानमन्त्रीले आइतबार राति नै राहत तथा उद्धारमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । 

मुख्यमन्त्री लालबाबु राउतले विपद् व्यवस्थापनको लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायतका राहत सामग्री तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मुख्यमन्त्री राहत कोषको खातासमेत खोलेको छ । प्रदेश सरकारले पीडितका लागि तत्काल रु तीन लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ । 

नेपालमा छैन आँधी पूर्वानुमानको संयन्त्र 

चैतदेखि जेठसम्मको समय प्रि–मनसुनको हो । पानी पर्नु र हावाहुरी चल्नु सामान्य भए पनि आँधीकै शैलीमा नै हावा चल्नु भने अस्वाभाविक रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने, हावाहुरी चल्ने र हिमपात हुने जस्ता विषयमा पूर्वअनुमान गर्दै आएको छ । तर आइतबार साँझ बारा, पर्सामा प्रकृतिले देखाएको ताण्डवका बारेमा किन पूर्वअनुमान गर्न सकेन भन्ने जिज्ञासासमेत आम रुपमा उठेको छ । 

विभागका महानिर्देशक सर्जुकुमार वैद्यले भन्नुभयो, “प्रि– मनसुनका क्रममा दिउँसो तातो हुने र साँझ चिसो बढ्दै जाँदा स्थानीय वायु प्रणाली सक्रिय भइरहेको तथा विगत केही दिनदेखि पश्चिमी न्यून चापिय प्रणालीको असर देखिएकाले आकस्मिक रुपमा आँधी उत्पन्न हुन गयो ।” 

वायुमण्डलको माथिल्लो भाग अस्थिर बन्न जाँदा सीमित स्थानमा छोटो समयमा नै आँधीको विकास भयो र बारा, पर्साका विभिन्न क्षेत्रमा आँधी उत्पन्न भएको महानिर्देशक वैद्यको भनाइ छ । विभागका अनुसार यस्तो मौसमी पूर्वानुमान गर्न गाह्रो हुने भन्दै विकसित मुलुकले समेत पत्ता लगाउन सकेको छैन । महानिर्देशक वैद्यले मौसमी पूर्वानुमान प्रणालीको अनुसन्धानमा नयाँ प्रविधिको खोज गर्नुपर्ने बताउनुभयो । 

विभागले हाल गर्ने गरेको अनुमान तत्कालका लागि मात्रै हुने भएकाले भविस्यको पूर्वानुमान गर्न सकेको छैन । विभागले हाल सुर्खेतमा मौसमी राडार जडान गरेको भए पनि जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन सकेको छैन । जलवायु परिवर्तनले समेत केही असर पारेका कारण यस्ता पूर्वानुमान गर्न समस्या पर्ने विभागको भनाइ छ । 

विभागका पूर्वमहानिर्देशक ऋषीराम शर्माले बारा र पर्साको आँधी प्रतिघण्ठा ८० किलोमिटर बराबरको रहेको र ठूलो आँधीका रुपमा लिनुपर्ने बताउनुभयो । मौसमका विषयमा विशेष जानकारी राखेर अध्ययन गर्ने प्रणाली र जनशक्ति नै नेपालमा छैन । हाल ७२ घण्टाको अनुमान हुने भएको छ ।

छिमेकी देश भारतमा १५ दिनदेखि एक महीनासम्मको अनुमान गर्ने गरिएको छ । आकस्मिक रुपमा हुने यस्ता विपद्को भने अनुमान गर्न गाह्रो हुने शर्माको भनाइ छ । कमजोर पूर्वाधार, विद्युत्को खम्बा, रुख ढल्दा, घरको छाना खस्दासमेत ठूलो मात्रामा जनधनको क्षति भएको छ । 

पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिँदै हाल जल तथा ऊर्जा आयोगको सचिवालयमा कार्यरत सहसचिव शर्माले भन्नुभयो, “स्थानीय वायुको प्रभाव तल्लो भेगमा यसरी पर्ला भन्ने अनुमान गर्न गाह्रो थियो, तर सामान्य रुपमा मेघ गर्जनसहित पानी पर्ने सम्भावनालाई भने अनुमान गर्न सकिन्छ ।” स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न गाह्रो हुने भन्दै पूर्वानूमान गर्न समस्या भएको विभागले जनाएको छ । 

पोखराको प्रभाव बारामा 

मौसमविद् सुजन सुवेदीले भने आकस्मिक रुपमा देखा परेको आँधीको छुट्टै अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा थप नयाँ बादल विकास भयो र त्यो बादल दक्षिण पूर्वतर्फ बहँदा बारा र पर्सालाई मुख्य प्रभावमा पा¥यो र ठूलो मात्रामा क्षति पु¥यायो ।” नेपालमा हावाहुरीका बारेमा खासै पूर्वानुमान नहुने भन्दै उहाँले वर्षा, हिमपात, मेघ गर्जन, बादल, तापक्रमको मात्रै पूर्वानुमान हुने गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com