काठमाडौं, १८ चैत । बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ । उपलब्ध गराएको सूची आज दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।
सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला रहेका छन । त्यसमा ५ जना बालबालिकासमेत छन । हाल २७ जनाको मात्रै सनाखत भएको गृह मन्त्रालले जनाएको छ ।
बारामा हावाहुरी तथा असिना पानीको कारणले घर र इट्टाको चिम्नी भत्किँदा ठूलो मानवीय क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्