
काठमाडौं,१८ चैत । प्रदेश २ का मुखयामन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलीफोनमा कुराकानी भएको छ । उहाँहरुबीच भएको टेलीफोनमा बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दैे मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गर्नु भएको हो ।
मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्नुभएको छ’ प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले पत्रकारसंग भने, ‘अब संघीय सरकारले के गर्छ, हेरौं ।’
प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको मन्त्री साहले बताउनु भएको छ ।
बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्