
कलैया, १७ चैत्र ।
जिल्लाका बिभिन्न भागमा आएको भिषण आँधी हुरीमा परेर बारामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २१ जनाको मृत्यु भएको बताईएको छ ।
आँधीका कारण घरहरुमामा रुख ढलेको र कच्चीघर भत्किँदा पुरिएएर ठूलो संख्यामा मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ । उता पर्साको बिरगंजमा पनि हावा हुरीमा परि ४ जना बढीको ज्यान गएको खबर प्राप्त भएको छ । बिरगंजमा सडक छेउका रुख ढलेर केहि सवारी साधनमा समेत क्षेति पुगेको प्रहरीले जनाएको छ । घाईतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचार गरिंदैछ । घटनाको बिस्तृत बिवरण आउन भने बांकी नै छ । मानवीय उद्दारका लागि प्रहरी परिचालन गरिएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले बताएका छन् ।



















प्रतिक्रिया दिनुहोस्