
पाल्पा, १५चैत । पत्रकार महास.घ पाल्पाका शाखा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय बौडेलमाथि हातपात भएको छ ।
तानसेन नगरपालिकामा धर्नामा रहेका आन्दोलनकारीले पत्रकारमाथि हातपात गरेका हुन् । शाखाका सदस्य विजय बौडेलमाथि हातपात गरेको सुचना पाएपछि तानसेन नगरपालिका क्षेत्रमा पुगेका अध्यक्ष अर्यालमाथि उनीहरुले हातपात गरेका हुन् ।
नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायां बायां १०–१० मिटर चौडा पार्ने निर्णय विरुद्ध तानसेनबासी नगरपालिका कार्यालयमा धर्ना दिंदै आएका छन् ।
तानसेनका बावुराम विष्ट, शैलेन्द्र भट्टराई लक्ष्मण रेग्मी लगायतका व्यक्तिहरुले पत्रकारमाथि हातपात गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ । शाखाका उपसभापति भरत शर्मा र सचिव किरण कौशलद्धारा जारी विज्ञप्तिमा पत्रकारमाथि भएको हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा लगायत पाल्पाका संचारकर्मीले भत्र्सना गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्