ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका सबै तहमा पार्टी एकताको काम सकियो


admin

घोराही, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दाङका १० वटै स्थानीय तहका कमिटीलाई शपथ खुवाएको छ । 

बिहीबार तुलसीपुर र घोराहीका पदाधिकारी एवं सदस्यलाई शपथ खुवाएसँगै जिल्लाका सबै तहमा पार्टी एकताको काम सकिएको हो । नेकपा जिल्ला कार्यदलका सदस्य टीकाराम खड्काका अनुसार बिहीबार घोराही र तुलसीपुर उपमहानगरका पदाधिकारी एवं सदस्यलाई बेग्लाबेग्लै कार्यक्रम गरेर शपथ खुवाएपछि जिल्लाको पार्टी एकताको काम पूर्णरूपमा सकिएको हो । तुलसीपुर र घोराहीमा बिहीबार नेकपा प्रदेश नं ५ का संयोजक शङ्कर पोखरेलले शपथ खुवाउनुभएको थियो । 

शपथग्रहण कार्यक्रममा प्रदेश संयोजक पोखरेलले यतिबेला कार्यकर्ता मिलाउने काम भइरहेको र वैशाख १० भित्रै जिल्लाका अरु भातृ सङ्गठनलाई पनि मिलाउने तयारी भइरहेको बताउनुभयो । 

जिल्लाका सबै पालिकामा अध्यक्ष र सचिवसहित १०१ सदस्यको कमिटी बनाइएको छ । जहाँ ५३ पूर्वएमाले र ४८ पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी कमिटी बनाइएको छ । नेकपा जिल्ला कार्यदलका संयोजक शिवकुमार आचार्यले सबै पालिकाको पार्टी एकता सकिएसँगै पालिकास्तरका कमिटी अब नियमित पार्टीको काममा खट्ने जानकारी दिनुभयो । उहाँले पालिकास्तरका वडा कमिटी गठन गर्ने, अन्य सङ्गठन निर्माण गर्ने र पार्टीको सङ्गठन विस्तारमा लाग्ने बताउनुभयो । अहिले जिल्लाका सबै स्थानीय तहमा नेकपाको सरकार रहेको हुँदा स्थानीय सरकारलाई टेवा पुग्ने काममा पनि पार्टीले ध्यान दिने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com