ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा रहेका केही नेपालीमा नकारात्मक विचार रहेको छ – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
चैत्र १५, २०७५ शुक्रबार   ६ : ३३   बजे

काठमाडौँ, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । 

आज स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यतः उपचारकै काममा रहे पनि अमेरिकामा रहँदा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको जानकारी दिनुभयो ।  

अमेरिकामा रहँदा दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायकमन्त्री एलाइस जी वेल्ससँग भेट भएको जानकारी गराउँदै अध्यक्ष दाहालले त्यसअवसरमा द्विपक्षीय सबै विषयमा कुरा भएको बताउनुभयो । सो अवसरमा दुई देशका आपसी सहयोगका विषय र नेपालको राजनीतक विषयमा कुरा भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “तिब्बतीयनका सम्बन्धमा नेपालले मानवाधिकारको विषयमा विगतदेखि गर्दै आएको काम गरोस् भन्ने उहाँको कुरा थियो । साथै उत्तर कोरियाका सम्बन्धमा पनि आफ्ना केही चासोमा नेपालले बुझिदिएहुन्थ्यो भन्ने उहाँको कुरा थियो ।” 

भेटमा दुवै देशका बीचमा उच्चस्तरीय भेटघाट र संवाद धेरै वर्षदेखि नभएको भन्ने सम्बन्धमा छलफल भएको र आगामी दिनमा राजनीतिक तहमा भेटवार्ता हुनुपर्ने भन्ने विषयमा समझदारी भएको अध्यक्ष दाहालले बताउनुभयो । 

सञ्चारकर्मीको जिज्ञासामा उहाँले इण्डो प्यासिफिक रणनीतिका सम्बन्धमा नेपालले धेरै चिन्ता लिनु नपर्ने र नेपाललाई अप्ठ्यारो पार्ने कुनै मनशाय नरहेको उपसहायकमन्त्री वेल्सको भनाइ रहेको उहाँले जानकारी दिनुभयो । 

अमेरिकाको मेरिल्याण्ड राज्यको अदालतमा अध्यक्ष दाहालविरुद्ध परेको उजुरी परेको सम्बन्धमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “राहदानी दिने बेलामा नै मेरो बारेमा कुनै अनुसन्धान नगर्ने कुरा भएको थियो, तसर्थ त्यहाँ त्यस्तो केही हुने वाला थिएन ।” अमेरिकामा रहेका केही नेपालीमा नकारात्मक विचार रहेको र देशको बदनामी गरेर खुशी हुने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालका धेरै नेताहरुले अनुभव गरेको विषय हो ।” 

भ्रमणका क्रममा त्यहाँ रहेका पार्टीका नेता कार्यकर्ता र अन्य विभिन्न विषयका विज्ञ नेपालीसँग अन्तक्र्रिया भएको जानकारी दिँदै अध्यक्ष दाहालले कार्यक्रम फलदायी भएको बताउनुभयो । “त्यसपछि म्यारिल्याण्ड गयौँ, त्यहाँको प्रदेशसभा सांसदले स्वागत गर्नुका साथै ऐतिहासिकस्थल र संरचनाको अवलोकन गर्ने काम भयो । समग्रमा राम्रो सन्देश गएको छ”, उहाँले भन्नुभयो । उहाँले आफ्नो भ्रमणका क्रममा अमेरिकी सरकारको राम्रो सहयोग रहेको जानकारी दिनुभयो । 
अध्यक्ष दाहाल धर्मपत्नी सीताको पार्किन्सन रोगको उपचारका क्रममा यही चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । विशेष प्रकृतिको रोग भएकाले त्यसको उपचारका लागि जोन हकिङ्स्, जर्ज टाउन र बर्मिङ्घम अस्पतालमा उपचार गराएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । जाँचपछि औषधि दिन शुरु गरिएको र त्यसको प्रारम्भिक लक्षण राम्रो देखिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group