ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने


एबीसी न्यूज
चैत्र १२, २०७५ मंगलबार  ७ : ५६ बजे

काठमाडौँ, १२ चैत । ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ । 

आगामी वैशाख २२ गते उहाँको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिनुभयो । “प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, तयारी समिति निर्माण गरेर काम अगाडि बढाइएको छ,” मन्त्री अधिकारीको स्मृतिमा आज प्रज्ञा प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उहाँले भन्नुभयो । 

उहाँका अनुसार प्रतिष्ठान निर्माण गर्न प्रा डा भरतप्रसाद पहारीको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति बनाइएको छ । समितिमा राजनीतिक प्रतिनिधि, परिवारका सदस्य, शुभेच्छुक र मन्त्री अधिकारीका साथी आबद्ध हुनुहुन्छ । उहाँले भन्नुभयो, “म धेरै भन्न सक्ने अवस्थामा त छैन, समृद्धिबाट परिवर्तन भन्ने उहाँको जुन मान्यता थियो, त्यसलाई आगामी दिनमा अगाडि लिएर जान सक्यौँ भने उहाँ प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।” 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सफल बनाउन र उहाँको कृतिलाई संस्थागत गरी अमरत्व प्रदान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले हरतरहबाट सहयोग गर्ने बताउनुभयो । “नयाँ रवीन्द्र अधिकारीको रुपमा विद्या भट्टराइलाई देख्ने छौँ, उहाँको छाँया पर्ने विश्वास छ,” कुलपति उप्रेतीले भन्नुभयो । अधिकारीसहित भाषाशास्त्री बालकृष्ण पोखरेल र मदनकुमार दाहालको सम्मानमा बुधबार एकदिन प्रतिष्ठान बन्द गर्ने निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो । 

तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र संविधानसभा र राज्य पुनःसंरचना’ गरी दुइवटा पुस्तक प्रकाशित छन् । प्रतिलिपी अधिकार संरक्षणको कानूनका सुत्रधार अधिकारीले तीन वटा प्रतिष्ठानलाई मर्ज गर्ने विषय उठ्दा अधिकारी त्यसको विपक्षमा उभिनुभएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो । 

मन्त्री अधिकारी कै सिफारिसमा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला र सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पदाधिकारीको नियुक्ति भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्ययले शोक प्रस्ताव पढेर सुनाउँनुभएको थियो । उहाँले भाषा, साहित्य, कला, संस्कृति र दर्शनका कुशल संरक्षण गुमाएको बताउनुभयो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पर्यटन र संस्कृतिको फाँटमा नयाँ योजना र उत्साहका साथ अगाडि बढ्दै गर्दा उहाँको निधनले स्तब्द बनाएको भन्दै राष्ट्र कै सच्चा विकासप्रेमी नेता गुमाएको उल्लेख गर्नुभयो । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले सधैँ उत्प्रेरणा दिएर प्रेरित गर्ने असल संरक्षक मन्त्री अधिकारी काम गरेर देखाउनुपर्छ भनेर सधैँ चिन्ता गरिरहने व्यक्तिको निधनले स्तब्ध भएको स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न परिवारका सदस्यहरुलाई आग्रह गर्नुभयो । साहित्यकारहरुले अधिकारीलाई अरुको बाटोमा हिड्नेभन्दा आफैँ बाटो बनाएर हिड्ने नेताको रुपमा सम्झिनुभयो । 

गत फागुन १५ गते तेह्रथुमको चुहानडाँडा विमानस्थलका लागि स्थलगत अध्ययन गरेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेलुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । 
––– 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

आईपीएल क्रिकेटमा गुजरात र हैदराबादको जित

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com