काठमाडौं, १२ चैत । काठमाडौँ महानगरपालिकाले सडक सफा गर्नको लागि मंगलबारदेखि ब्रुमर सञ्चालनमा ल्याएको छ । धुलोमुक्त शहर बनाउने आँटका साथ महानगरपालिकाले इटलीबाट आयात गरिएको ५ वटा आधुनिक ब्रुमर मंगलबार एक औपचारिक कार्यक्रको आयोजना गर्दै शुरु गरिएको हो ।

डिजेलबाट सञ्चालन हुने ब्रुमरमा १ अगाडी, २ छेउमा र १ बीच भागमा रहनेगरी ४ वटा ब्रस रहेको छ । ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट रहेको छ । यसको ५०० लिटर पानी र ४. ६८ घन मिटर धुलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा रहेकोे छ । ब्रसले न्युनतम २६ सय मिलि मिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइ गर्ने क्रममा यसको अधिकतम गती १० किलोमिटर प्रतिघण्टा छ ।
ब्रुमर सञ्चालन हुने ५ वटा रुटहरु तय गरिएका छन् ।

ब्रुमर सञ्चालन हुने रुटहरुः
रुट नं १
टेकुबाट शुरु गरेर सोल्टीमोड हुँदै कलंकी त्यसपछि सोल्टीमोड –टेक – त्रिपुरेश्वर -सुन्धारा -नयाँ सडक -जुद्ध सालिक -महाङ्काल -जमल -लाजिम्पाट -शितल निवास -शिक्षण अस्पताल -नारायण गोपाल चोकसम्मको मुल सडक । त्यस्तै जमल -विश्वज्योति -घण्टाघर -भद्रकाली -सहिद गेट हुँदै सुन्धारासम्म।
रुट नं २
टेकुबाट त्रिपुरेश्वर -थापाथली -माइतीघर मण्डला -बबरमहल -बानेश्वर अन्तरराष्ट्रिय बिमानस्थल सम्म। त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर पेप्सिकोला। पेप्सिकोला चोकबाट कोटेश्वर नयाँ बानेश्वर- बबरमहल -माइतीघर मण्डला -थापाथली – त्रिपुरेश्वर – टेकु – कालीमाटी –बल्खु – कालीमाटीबाट टेकुसम्म।
रुट नं ३
टेकुबाट त्रिपुरेश्वर -सुन्धाराहँदै भोटाहिटी – विश्वज्योति – घण्टाघर – भद्रकाली – सिंहदरवारबाट पुतलीसडकतर्फको सडक। पुतली सडकबाट कमलादी मोड – हात्तीसार – जय नेपाल हल – दरबार मार्ग -कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौं प्लाजासम्मको सडक। त्यस्तै दरबारमार्गमा रहेको महेन्द्रको शालिकबाट नारायणहिटीतर्फहुदै केशरमहल चोक – त्यसबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक – नारायणहिटीको उत्तर गेट – गैरी धारा (प्रहरी हेड क्वाटर पछाडिको चोक) सभामुख क्वाटर -राष्ट्र बैक – प्रधानमन्त्री निवास (वालुवाटार) रसियन दूतावास हुँदै महाराजगञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक। फर्किंदा शितल निवास -पानी पोखरीहुँदै लैनचौर – सोहखट्टे – बालाजु चोक (रिङ्गरोड) – सोहखट्टेबाट – बिष्णुमती लिङ्क रोडको – ईन्द्रायणी – नरदेवी पुलदेखि टेकुसम्मको सडक।
रुट नं ४
टेकुबाट पुतलीसडक – कमलपोखरी – ज्ञानेश्वर – मैतीदेवी – पुरानो बानेश्वर – सिनामंगल -एअरपोर्ट गेट – गौशाला – चावहिल – होटल हायात चुच्चेपाटी – फर्किएर चावहिल – गौशाला – बत्तीसपतली – पुरानो बानेश्वर – मैतीदेवी – डिल्लीबजार – पुतलीसडक – प्रदर्शनी मार्ग – सिंहदरबार – माइतीघर मण्डला – थापाथली – त्रिपुरेश्वर-टेकु।
रुट नं ५
टेकुबाट त्रिपरेश्वर – पोष्ट अफिस, न्यूरोड गेट – बसन्तपुर – ईन्द्रचोक -न्युरोड – महाङ्काल – जमल – केशरमहलबाट त्रिदेवीमार्ग । ठमेलबाट फर्किएर दरबार मार्ग – घण्टाघर – भद्रकाली – यहरवार – माइती मण्डला सिंहदरबारको दक्षिण ढोका । हनुमान स्थानबाट – थापागाउँ –
समय सम्मेलन केन्द्र – त्यहाँबाट पुरानो बानेश्वरतर्फ रत्नराज्य स्कूल – मध्य बानेश्वर – बत्तीस पतली चोक – मैतीदेवी – डिल्लीबजार – बागबजार – प्रदर्शनी मार्ग – भद्रकाली – त्रिपरेश्वर हुँदै टेकु बल्खु, कलङ्कि, सितापाइला, बलाजु, गोंगबु, नारायण गोपाल चोक, चावहिल, ज्ञानेश्वर डिल्लिबजार, बागवजार, पुरानो वस पार्क, त्रिपुरोश्वर, टेकु।
महानगरपालिकाका अनुसार रुट सञ्चालन र सर्भिसिङको खर्च अधिकृत बिक्रेताको हुनेछ भने ब्रुमरमा लाग्ने इन्धन महानगरले उपलब्ध गराउनेछ । ब्रुमरले काठमाडौँको पिच गरिएको सडकमा मात्र काम गर्नसक्नेछ । खाल्डाखुल्डी भएको सडकमा यसले सफाइ गर्न सक्दैन । त्यसैले ब्रुमरको प्रयोगले काठमाडौँ महानगरपालिका धुलोमुक्त हुनेछ भनेर पूर्ण रुपमा आशावादी हुन सकिँदैन ।



















प्रतिक्रिया दिनुहोस्