ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार


admin

 काठमाडौं,१० चैत । काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुदैँ गएको छ । 

उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । 

उहाँलाई अहिले पनि सघन उपचार कक्ष (आइसियु)मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल भर्ना हुनुभएको थियो । उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेकाले समस्या उत्पन्न भएको चिकित्सकहरुले जानकारी दिनुभएको छ । उहाँलाई रगतको मात्रा बढाउनका लागि शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो । 

नेता सिटौलालाई धेरै रगत आवश्यक पर्ने भएपछि उहाँका शुभेच्छुकहरुले आज अस्पताल परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेका छन् । ‘दुःख बाँडौँ, सुख साटौँ’ भन्दै यो अभियानमा स्वतःस्फूर्त काङ्ग्रेस तथा पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ताहरुले रक्तदान गरिरहेको नेपाल विद्यार्थी सङ्घका नेता युवराज पाण्डेले जानकारी दिनुभयो । 

रक्तदान गर्न नेविसङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घलगायत प्रतिनिधि, सञ्चारकर्मीसहित अस्पताल पुगेको उहाँले बताउनुभयो । 

नेविसङ्घका अर्का नेता सुशील भट्टका अनुसार दिउँसो १२ बजेसम्म १०७ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि आउने शुभेच्छुक बढ्दै गएकाले अझै केही समय कार्यक्रम जारी रहने उहाँले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com