काठमाडौँ, ९ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनु सहित ९ जना पक्राउ परेका छन्।
उनीहरूलाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुदर्शनसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन्।
उनीहरूलाई अहिले काठमाडौं ल्याउँदै गरिएको एसपी केदार ढकालले बताए। नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन्।
प्रतिक्रिया दिनुहोस्