ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७५ देखि ८० साल सडक बिस्तार युग, ८० पछि सुरुङमार्गको युग : प्रधानमन्त्री ओली ( फोटो फिचर )


sharan sharan

पुर्व पश्चिम राजमार्गको मध्यखण्डबाट राजमार्गको स्तर उन्नतीको सुरुवात सरकारले गरेको छ । राजमार्गको आरम्भमा पुर्व राजा महेन्द्रले गैडाकोटबाट शिलान्यास गरि गैडाकोटबाटै उदघाटन गरे जस्तै मन्त्रालयका कर्मचारीहरु प्रधानमन्त्री ओलीलाई नवलपरासीको रजहरमा शिलान्यास गराउने तयारीमा थिए । तर पहिलोपटक राजमार्गको बिस्तारमा बजेट बिनियोजन गर्ने पुर्व अर्थमन्त्री तथा नेकपा महासचिव बिष्णु पौडेलको जोडमा प्रधानमन्त्रीको शिलान्यासको कार्यक्रम बुटवल सारिएको बताईएको छ । बिशेष पुजाआजा सहित प्रधानमन्त्री ओलीले राजमार्ग बिस्तारको शिलान्यास गरेका थिए । हिन्दु धार्मीक बिधी अनुसार शिलान्यास गरेको प्रधानमन्त्रीले शिलान्यश पश्चात पञ्चकन्याहरुलाई टिका लगाई दक्षिणा समेत दिएका थिए । सामन्यतया पुजाआजामा नदेखिने कम्युनिष्ट नेताहरु आज भने निर्धक्कसंग मण्डपमा बसे र पण्डीतजीले दिएको आश्विनी औलामा लगाएर अग्नीकुण्डमा जलधारा समेत दिए । प्रधानमन्त्री ओलीले जल चढाईरहंदा नेकपा महासचिव बिष्णु पौडेलको हांसो रोकिन सकेन । उनी ढुक्कसंग हांस्दै थिए । दुबैजना नेताहरु मण्डपमा बसेर ब्राम्हणले जसो जसो भन्दै थिए उसैउसै गरि पुजा गर्दै थिए ।

पुर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभाग अन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको लागतमा काम गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौता मुताबिक बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।

उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई÷दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७÷७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । नेपालमा सवारीको चाप अत्याधिक बढेका कारण र सडकको स्तर पुरानै अवस्थामा रहेका कारण सिङ्गो पुर्व पश्चिम राजमार्गको स्तर उन्नती आजको आवश्यकता भएको महसुस गर्न थालिएको छ । सरकारको ध्यान पनि तयसै तर्फ केन्द्रित रहे अनुसार यो सडक बिस्तारको योजना तयार भएको सडक बिस्तार योजनाका ईन्जिनीयर शुरेस न्यौपाने बताउंछन् ।

यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १३ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुंदा केपी शर्मा ओलीले घोषणा गरे अनुसार ओली नै प्रधानमन्त्री हुंदा सडक बिस्तारको शिलान्यास गर्ने मौका पाएकाछन् । ओलीकै प्रधानमन्त्रीत्वका बेला तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट बुटवल सडकको बिस्तारकालागि बजेट बिनियोजन गरेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै रुपन्देहीका सांसद समेत रहेका पुर्व अर्थमन्त्री बिष्णु पौडेलले अघिल्लो पटक कल्पना गरेको सडकले शिलान्यास गर्न ओलीलाई नै कुरेको जिकीर गरेका थिए ।
मध्यखण्डको राजमार्गको सिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले २०७५ देखी २०८० सम्मको युगलाई सडक युग र ८० पछि को ५ वर्षलाई सुरुङ युगको रुपमा अर्थाए । उनले राजमार्गलाई पुर्वको कांकडभित्ता देखि पश्चिमको गड्डाचौकी सम्म नै अन्तरराष्ट्रिय मापदण्डको हाई वे एक्सप्रेस मार्ग बनाउने अठोट समेत गरे ।

प्रधानमन्त्रीले कार्यक्रमस्थल मै यातायात मन्त्रालयका सचिवलाई राजमार्गसंगै लुम्बिनीबाट तिलौराकोट सम्मको सडक ४ लेन बनाउन निर्देशन समेत दिए । पहिला जस्तो बने पनि अव संशोधन गरेर सडक ४ लेन बनाउन प्रधानमन्त्रीको निर्देशन थियो ।
हो, सडक बिकासको पहिलो खुड्किला हो । पुर्वपश्चिम राजमार्गको स्तर उन्नती मुलुकको बिकासका लागि त्यती नै आवश्यक पनि छ । तर सरकारले भने जस्तै राजमार्गलाई बिस्तार गर्ने अभिायानलाई सडक छेउमा घरबनाउने जनताहरुले सघाउलान ? त्यो भने हेर्न बांकी छ ।

{फोटो फिचर दिनेश कुमार श्रेष्ठ}

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com