ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी सम्मेलनको तयारी, चिनिया लगानीकर्ताको चाप बढ्दो


एबीसी न्यूज



काठमाडौँ, ५ चैत । विदेशी लगानीकर्तालाई नेपालमा लगानी आकर्षण गर्ने उद्देश्यले यही चैत १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना हुदैछ । सम्मेलनको अन्तिम तयारी भइरहेको छ । सम्मेलनलाई भब्य बनाउनका लागि नेपाल सरकार, अर्थमन्त्रालय, लगानीवोर्ड सहित सम्मेलनलाई सफल बनाउन भारत, चीन, बेलायतलगायत विभिन्न मुलुकमा लगानी प्रवद्र्धनबीच छलफल र संवादको चलिरहेको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् जारी भएको वैदेशिक लगानी ऐन र औद्योगिक प्रवद्र्धन ऐन लगायतले नेपालमा वैदेशिक लगानीका लागि वातावरण बनाएको हो । त्यसपछिको झण्डै तीन दशकको अवधिमा ठूलो परिणाममा वैदेशिक लगानी भित्रिए पनि यसको आकार अपेक्षित रूपमा पुग्न सकेको छैन । वैदेशिक लगानी भित्राउन धेरै प्रयास भए पनि मुलुकको आवश्यकता र सम्भावनाको तुलनामा भित्रिएको लगानी निकै न्यून छ । लगानीकर्ताको प्रतिबद्धता आउने तर लगानी नहुने समस्याबाट ग्रसित छ ।

अघिल्लो लगानि सम्मेलनमा १४ अर्ब अमेरिकी डलर बराबर लगानीको प्रतिबद्धता आएको थियो तर यो सबै लगानी आउने कुरामा कोही पनि विश्वस्त छैनन् । यसले उपयुक्त वातावरण भए विदेशी लगानी आउन सक्छ तर अहिलेको वातावरण लगानीकर्तालाई आकर्षित गर्नेखालको छैन भन्ने कुराको सङ्केत गर्छ किनभने लगानीकर्ताले लगानीको प्रतिफल हेरेर मात्र लगानी गर्छ ।

लगानीको प्रतिफल सुनिश्चित नभएसम्म लगानीकर्ताले आँट गर्दैन तर पनि पछिल्लो समयमा धेरै सुधारका काम भएका छन् । नयाँ संविधान बनेर कार्यान्वयनमा आइसकेको अवस्थामा लगानीको वातावरण बनाउन सघाउ पुगेको विश्वास गरिन्छ । नयाँ संविधान कार्यान्वयनका चरणमा छ र तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । मुलुकमा स्थायि सरकार बनेको छ र सम्पत्तिमाथिको अधिकार सुरक्षित गरेको छ । पछिल्ला वर्षमा आर्थिक वृद्धिदर बढेको, लगानीसम्बन्धी स्पष्ट नीति र कानुन बनेको, राजनीतिक दलले पनि वैदेशिक लगानी संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गरिसकेका छन् । यसले पनि लगानीकर्तामा आकर्षण बढेको हो । पर्यटन, ऊर्जा र सिमेन्टमा लगानी भित्रिएको छ । 


ही चैत १५ र १६ गते हुने सम्मेलनमा लगानीकर्ता, विकास साझेदार, कूटनीतिक प्रतिनिधि, विज्ञलगायत स्वदेशी र विदेशी गरी पाच सय ५० जनाभन्दा बढीको सहभागिताका लागि आवेदन दिइसकेका छन । सम्मेलनको मुख्य उद्देश्य आर्थिक रूपान्तरणका लागि ऊर्जा, यातायात पूर्वाधार, कृषि, शिक्षा लगायत क्षेत्रमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न सहज वातावरण बनाउने प्रक्रियाकै रुपमा हेरिएको छ । सडक, रेल, विद्युतजस्ता भौतिक पूर्वाधार, सूचना प्रविधि, सेवा उद्योग, विद्यालय र स्वास्थ्य संस्थाजस्ता सामाजिक सेवाका क्षेत्र, कृषि, उद्योग, पर्यटनजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार आवश्यक रहेको देखिन्छ ।

लगानीसम्मेलबाट स्वदेशी र विदेशी लगानी अपेक्षा गरिएको छ । दुई वर्ष अघि भएको सम्मेलनमा समेत चिनिया“ लगानी कर्ता र भारतिय लगानीकर्ता उत्साहजक सहभागिता रहेको थियो भने अहिले पनि चिनिया“ लगानीकर्ताको चाप बढेको छ ।

अहिले पछिल्लो समय नेपालको आन्तरिक पूजी निर्माण कमजोर बन्दै गइरहेको अवस्थामा हुन लागेको लगानी सरकारले हासिल गरेको आर्थिक बृद्धिदरमा सहयोग पुग्न सक्दछ । तर सम्मेलनबाट आउने लगानीले परनिर्भरता बढ्ने हुनाले सचेत हुन समेत आवश्यक छ ।

अहिलेसम्म दुई पटक भएका वैदेशिक लगानी सम्मेलनको प्रतिफल हेर्दा प्रतिवद्धता आए पनि वैदेशिक लगानीकर्तालाई आकर्षण गर्न त्यति सहज छैन । एसियाली मुलुकबीच पनि लगानीको लागि खुल्ला प्रतिस्पर्धा चलिरहेको अवस्थामा नेपालले झन सहज वातावरण बनाउन आवश्यक छ । पछिल्लो समय परिमार्जन भएको ऐन, कानुनले वैदेशिक लगानीलाई प्रोत्साहन पुग्न सक्दछ । तर अझै पनि प्रक्रियागत झमेलाहरूलाई कम गर्न नसक्ने हो भने लगानीको प्रमुख गन्तव्य मुलुक बनाउन चुनौती भने अझै बांकी नै रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com