ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश


एबीसी न्यूज



काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गर्नुभएको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको पनि उपस्थिति थियो ।

राष्ट्र सङ्घको प्रधान कार्यालयमा गत फागुन २७ देखि यही चैत ८ गतेसम्म आयोजना भइरहेको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले फागुन २८ गते ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको थियो । राष्ट्रसङ्घ महासभाका सभाध्यक्ष श्रीमती मारिया फर्नान्डा इस्पिनोजा गार्सेसले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ गत फागुन २६ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । 

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शङ्करदास वैरागीले अधिवेशनका क्रममा आयोजना गरिएका तीन उच्चस्तरीय समूह छलफलमध्ये राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छन्’ भन्ने विषयमा सहभागी भई आफ्नो विचार राख्नुभएको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक सङ्घर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीका बारेमा बताउनुभएको थियो । 

महिला सशक्तीकरणमा नेपालको अनुभव महत्वपूर्ण 

समूह छलफलका क्रममा राष्ट्रपति भण्डारीले राजनीतिमा महिलाको क्षमतालाई उपेक्षा गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने र महिला सहभागिता सुनिश्चित गर्न स्पष्ट संवैधानिक र कानूनी प्रावधानको आवश्यकतामाथि जोड दिनुभएको सचिव वैरागीले बताउनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले संवैधानिक, नीतिगत र कानूनी संरचनाका कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको महत्वपूर्ण अनुभव सुनाउनुभएको थियो । 

राष्ट्रपति भण्डारीले न्यूयोर्कमा रहँदा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरी राष्ट्रसङ्घीय सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता तथा दिगो विकास र विश्व शान्तिका लागि भइरहेका पहलको सराहना गर्दै यसबाट राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा महासचिव गुटेरेसले नेपालको शान्ति, स्थायित्व र लोकतन्त्रको सबलीकरण भएकामा खुशी व्यक्त गर्दै आर्थिक समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र सचिव वैरागीले जानकारी दिनुभयो । 

राष्ट्रपति भण्डारी गत फागुन २७ गते महासभाका अध्यक्ष श्रीमती गार्सेसले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो । राष्ट्रपति भण्डारीले सभाध्यक्ष श्रीमती गार्सेससँगको भेटका क्रममा दिगो विकास लक्ष्य सबै बहुपक्षीय विषयको केन्द्रमा रहने हुँदा ती लक्ष्य हासिल गर्न महिलाको सहभागिता, योगदान र नेतृत्वमा अझ बढी जोड दिन आह्वान गर्नुभएको थियो । 

भ्रमणकै क्रममा राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयका अतिरिक्त जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता र विश्वस्तरका साझा समस्या समाधानमा महिलाको भूमिकाका बारेमा छलफल गर्नुभएको सचिव वैरागीले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वराष्ट्रपति मेरी रबिन्सनले शिष्टाचार भेट गर्नुभएको थियो । 

भ्रमणकै दौरान राष्ट्रपति भण्डारीले राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग र अमेरिकाको वाशिङटनस्थित नेपाली दूतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा सम्मिलित भई राष्ट्रसङ्घीय उच्च अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली प्रतिनिधिलगायतसँग भेटघाट गर्नुभएको थियो । 

महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान 

नेपालमा सफलतापूर्वक सम्पन्न द्वन्द्वोत्तर शान्तिप्रक्रियालगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान सभाद्वारा निर्मित संविधान जारी भएपछि मानवाधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा भएका महत्वपूर्ण प्रगति तथा असल अभ्यास अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्दर्भमा भ्रमण उपलब्धिमूलक भएको परराष्ट्र सचिव वैरागीले बताउनुभयो । त्यस्तै विश्वका अग्रणी महिला नेतृत्वसँग भेटघाट भई विभिन्न मित्रराष्ट्रसँगको द्विपक्षीय सम्बन्ध विकास गर्ने, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमण सफल मानिएको छ । 

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रविको निवेदनमा आदेश आउँदै, सर्वोच्चबाहिर भीड

भिजिट भिसा प्रकरण: अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

पूर्वीनाकाबाट चार करोड ६० लाख रुपैयाँको खरबुजा भित्रियो

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com