ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ जेष्ठ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध


एबीसी न्यूज
चैत्र १८, २०८२ बुधबार   ४ : १२   बजे

काठमाडौं, १८ चैत्र । सरकारले विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेपछि १४ विद्यार्थी संगठनको आपत्ति जनाएका छन्।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित १४ विद्यार्थी सङ्गठनले संयुक्त वक्तव्य जारी गर्दै असन्तुष्टि जनाएका हुन्।विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गरी शिक्षा क्षेत्रका जटिल समस्याहरूको समाधानका नाममा विद्यार्थी सङ्गठनहरू प्रतिबन्ध र निषेध गर्ने प्रकृतिको सरकारको निर्णयले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिन सक्दैन ।’विश्वविद्यालयका विद्यमान कैयौँ समस्याहरूको वास्तविक कारणको खोजी र समाधानमा राज्यले विस्तृत अध्ययन पश्चात् आफ्ना नीति तथा कार्यक्रमहरू तय गर्नुपर्ने तथ्यलाई बेवास्ता गर्दै शिक्षा क्षेत्रका सम्पूर्ण बेथितिहरूको भारी विद्यार्थी संगठनमाथि थोपर्ने सरकारको दृष्टिकोण अपरिपक्व र सतही रहेको उल्लेख छ।

लामो समयदेखि विद्यार्थी आन्दोलनलाई समय–सान्दर्भिक रूपमा पुनर्संरचना गर्न आवश्यक रहेको महसुस गरी बहस चलाउँदै आएको समेत उल्लेख छ।विज्ञप्तिमा भनिएको छ, ‘विचारका आधारमा सङ्गठनमा आबद्ध हुन पाउने अधिकार नेपालको संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार हो । कसैको पनि विचारमाथि बन्देज लगाउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुनुका साथै अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डहरूसँग समेत असंगत हुन्छ । यस्तो प्रयासले युवा पुस्ताको स्वाभाविक राजनीतिक समाजीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने खतरा रहन्छ ।’अतः विद्यार्थी आन्दोलनको पुनर्संरचनालाई सरकारको प्राथमिकतामा राखिनु सकारात्मक र स्वागतयोग्य भए तापनि सुधारको नाममा विचार, अभिव्यक्ति र संगठनको स्वतन्त्रतामाथि बन्देज लगाउने आशययुक्त कुनै पनि निर्णय अपरिपक्व, अराजनीतिक, अप्राकृतिक, असंवैधानिक तथा अलोकतान्त्रिक रहेको उल्लेख छ।
विद्यार्थी आन्दोलनमा रहेका विकृति–विसंगतहरूलाई सुधार गर्दै रचनात्मक र सृजनशील ढङ्गबाट निरन्तर अगाडि बढ्न संयुक्त विद्यार्थी संगठन सरकारसँग रचनात्मक संवाद, सहकार्य र सुधारका लागि सदैव प्रतिबद्ध रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group