ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ए बाबु मैले यी मान्छेलाई देखेको थिएँ, भन्ने वित्तिकै बरामद भयो ट्रकभन्दा बढी सामान ( बरामद सामानको विवरणसहित)


एबीसी न्यूज


काठमाडौँ, १ चैत । गत फागुन २७ गते प्रहरीको एउटा टोली मध्य बानेश्वरमा पुग्यो। प्रहरीको साथमा चोरीमा समातिएका दुई युवक सँगै थिए। बा १ ज ११९२ नम्बरको ट्याक्सी भरि चोरी भएका सामान राखिएको थियो।

अरू केही छरु सामान कहाँ छन्रु प्रहरीले बारम्बार प्रश्न गरिरहेको थियो।

तर, जवाफ शून्य। वरपरका मानिसलाई पनि प्रहरीले ती दुई युवकका बारे सोधखोज गरिरहेको थियो। जवाफ कतैबाट आएको थिएन। सबै तै चुप मै चुप।

त्यही एक बुढी आमै टुप्लुक्क आइपुगिन्। ए बाबु मैले यी मान्छेलाई देखेको थिएँ। हिजो ठूलो बोरा बोकेर त्यो पहेलो घरभित्र छिर्दै थिए, उनले भनिन्।

ती बुढी आमैको कुराले प्रहरी सतर्क भयो। अरू कोहीले मुख नखोलिरहेको अवस्थामा प्रहरीसामु गजबको क्लुु तेर्सियो। ती आमाले दिएको जानकारी अनुसार प्रहरी पहेलो घरभित्र पुग्यो।

घरभित्र छिर्नासाथ प्रहरी नै झस्किन पुग्यो। कोठा त पूरै हार्डवेयर र चाँदीका सामानले भरिएका थिए। बुझ्दै जाँदा थाहा भयो समातिएका ती दुई युवकले कोठा भाडामा लिएका रहेछन्। बुढीआमाले क्लु नदिएको भए अरू सामान बरामद गर्न कठिन हुने महानगरीय प्रहरी वृत्त महाजञ्जका डिएसपी फणिन्द्र प्रसाईले सुनाए।

स्थानीयले सहयोग गरिरहेका थिएनन्। कोही पनि बोल्न पक्षमा थिएनन्। ती आमाले आएर त्यति भनेकाले ठूलोमात्रामा चोरीका सामान बरामद गर्न सकियो, उनले भने। बरामद गरेको सामानको मूल्य ७० लाख बराबरको भएको प्रहरीको दाबी छ।

त्यही क्रममा उपत्यकाभित्र चोरी गर्ने दुई भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिन सफल भयो प्रहरी। पक्राउ पर्नेहरूमा रामेछाप सुनापती गाउँवालीका घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदारलाई शुक्रवार सार्वजनिक गरियो।

उनीहरूले चोरीका लागि दुई वटा निजी गाडीसमेत प्रयोग गर्ने गरेको देखिएको छ। प्रहरीले बा १ ज ११९२ नम्बर र बा १४ च ७२६९ नम्बर भ्यान नियन्त्रणमा लिएको छ। उनीहरूले चोरिएको सामान गाडीमा राखेर विभिन्न ठाउँमा पुर्‍याउने गरेको देखिएको छ।

उनीहरूले चोरेको सामान राख्नका लागि कोठा भाडामा लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ। काठमाडौँको पुरानो वानेश्वरमा उत्तमकृष्ण कर्माचार्यको घरमा ३ वटा कोठा भाडामा लिएका रहेछन्। प्रहरीका अनुसार चोरी भएको सामान गाडीमा राखेर घरमा ल्याएर गोदाम गरेको देखियो।

विगत चार वर्षदेखि कोठामा भाडामा लिएर चोरीको सामान स्टोर गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले बताए। उनीहरूले चोरीको सामान आफूहरू ठुलो व्यापारी भएको भन्दै १० देखि २० प्रतिशत कम गरेर बेच्ने गरेको देखियो सिंहले भने।

प्रहरीले उनीहरूको कोठाबाट चोरी भएका झन्डै एक ट्रकभन्दा बढी सामान बरामद गरेको छ।

प्रहरीको अनुसन्धानमा उनीहरूले चार वर्षदेखि सात जनाको समूह बनाएर चोरी गर्दै आएको देखिन्छ। दिउँसो एक जनाले मोटरसाइकलमा गएर राति कुन पसलमा चोरी गर्ने रेकी गर्ने र राति भ्यान र ट्याक्सी लिएर चोर्ने गरेको अनुसन्धानमा खुलेको हो। ‘दिनभर मोटर साइकलमा रेक्की अनि रातभर गाडी लिएर चोरी गर्ने गरेका छन्,ु एसपी सिंहले भने।

प्रहरीले फागुन २१ गते धुम्वाराही पिपल बोट नजिकै रहेको कर्णप्रसाद चौलागाइले सञ्चालन गरेको हार्डवेयर चोरिएपछि ट्र्याक गर्दा उनीहरुको राज खुलेको हो।

प्रहरीले पसल नजिकै रहेको सीसी क्यामरामा ट्याक्सी देखेपछि समात्न सफल भएको डिएसपी प्रसाईले बताए। ‘हामीले ट्याक्सीलाई फलो गर्‍यौं। दश वटा ट्याक्सीलाई निगरानी गरेपछि पत्ता लगाएका हौं,ु उनले भने।

भारतीय नागरिक पारसप्रसाद चोरी गिरोहका मुख्य योजनाकार हुन्। विगत चार वर्षदेखि उनी नेपालमा रहेर चोरी गर्दै आएका छन्। चोरीमा प्रयोग भएको बा १ ज ११९२ नम्बरको ट्याक्सी, बा १४ च ७२६९ नम्बरको मारुती भ्यान र बा ८० प १५४० नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरूको नै भएको खुलेको छ।

चोर्नका लागि नै उनीहरूले गाडी किनेको प्रहरीको दाबी छ। त्यस्तै पारसले काठमाडौँमा जग्गा समेत किनेको प्रारम्भीक अनुसन्धानमा देखिएको डिएसपी प्रसाईले जानकारी दिए। ‘गाडी उनीहरूको नै भएको बताएका छन्। जग्गा समेत किनेको खुलेको छ। यस विषयमा हामी अनुन्धान गर्दैछौं, उनले भने।

चोरीमा संलग्न अन्य चार जना भने फरार छन्।

बरामद सामानको विवरण

चोरी भएको स्थान र बरामदको बिबरण १) मिति ०७५।११।१३ गते ललितपुर ईमाडोल स्थित ए.एण्ड बि.ज्वेलर्स पसलबाट चोरी भई हाल बरामद भएका अन्दाजि मुल्य ८,१३,६३३ बराबरको दसीको सामानहरु ः– (तौल जम्मा चाँदी ९ किलो ५०० ग्राम )

१) चाँदीको जस्तो देखिने सेतो धातुको कुँडे थान १

२) चाँदीको जस्तो देखिने सेतो धातुको सानो ठुलो थाल थान ४

३) चाँदीको जस्तो देखीने धातुको थाली थान १

४) चाँदीको जस्तो देखीने सेतो करुवा थान २

५) चाँदीको जस्तो देखीेने सेतो धातुको कचौरा थान ४

६) चाँदीको जस्तो देखीने सेतो धातुको देवताको सानो मुर्ति थान १०

७) चाँदीको जस्तो देखीने सेतो धातुको मानो मुर्ति थान १

८) चाँदीको जस्तो देखीने सेतो धातुको सानो ठुलो दियो थान २६

९) चाँदीको जस्तो देखीने सेतो धातुको सानो ठुलो चम्चा थान १०

१०) चाँदीको जस्तो देखीने सेतो धातुको सानो डाडु थान २

११) चाँदीको जस्तो देखीने पत्थर भएको वाला थान २५

१२) चाँदीको जस्तो देखीने हातमा लगाउने बाला थान १५

१३) चाँदीको जस्तो देखीने सेतो धातुको ठुलो जन्तर थान १

१४) चाँदीको जस्तो देखीने धातुको बाला बट्टा थान १

१५) चाँदीको जस्तो देखीने धातुको सिन्दूर राख्ने बट्टा थान ४

१६) चाँदीको जस्तो देखीने सेतो धातुको सानो ठुलो गिलास थान ५

१७) चाँदीको जस्तो देखीने सोतो धातुको सानो ठुलो गरी जम्मा ४ जोर

१८) चाँदीको जस्तो देखीने डल्लो झुम्का २ जोर

१९) चाँदीको जस्तो देखीने सानो बट्टा थान ४

२०) चाँदीको जस्तो देखीने सेतो धातुको औंठी थान ५०

२१ चाँदीको जस्तो देखीने सेतो धातुको माछा थान १

२२) चाँदीको जस्तो देखीने सेताृे धातुको कछुवा थान १

२३) चाँदीको जस्तो देखीने सेतो धातुको जन्तर छ वटा बुटी पुरा र ३ वटा बुटी आधा

२४) चाँदीको जस्तो देखीने सेतो धातुको ब्रास्लेट थान ४

२५) चाँदीको जस्तो देखीने सेतो धातुको पाउजु र सिक्री गरी थान ११३

२६) चाँदीको जस्तो देखीने सेतो धातुको बेस सहतको दियो थान २

मिति ०७५।११।२१ गते राती का.जि. का.म.न.पा. ४ धुम्बाराही स्थित रिजन ईन्टरप्राईजेज हार्डवेयरबाट चोरी भएका (५९६००० बराबरको सामान) तथा अन्य काठमाडौ,भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट चोरी भई बरामद भएका ३८ बोरा धारा तथा बाथरुम फिटिङ्सका सामानहरु का.म.पा. ३१ म.बानेश्वर सन्तोष पोद्दारको गोदाम तथा कोठाबाट बरामद भएको दसी बिबरण ः–

१) खैरो रङ्गको टि एल्वो पाईप सकेट भएको बोरा थान १४

२) सेतो रङ्गको टि एल्वो पाईप बोरा थान ६

३) हरियो रङ्गको भल्व सकेट टि एल्वो भएको बोरा थान २

४) बिजुलीको वायरीङ्ग तार भएको सानो बोरा थान ६

५) पावर सकेट भएको सानो बोरा थान १

६) स्टिलको धाराको टुटी भएको सानो २ बोरा

७) बट्टामा भएको ग्लु (गम)सानो १ बोरा

का.म.पा. ३१ म.बानेश्वर पारस प्रसादको कोठाबाट बरामद भएको दसी प्रमाणहरुको बिबरण –

१) बल भल्व (हरियो र पहेंलो रङ्गको) ३६ प्याकेट ।

२) हरियोमा पहेंलो धातु भएको सकेट ३९ प्याकेट

३)बल भल्व सेतो र निलो रङ्गको सानो र ठुलो गरी ४१५ वटा

४)दुवै तर्फ गालो प्वाल भएको बिचमा बाङ्गिएको सेतो रङ्गको सानो ठुलो छोटो पाईप थान २४५ ।

५) विभिन्न कम्पनीको बिभिन्न रङ्गको टि एल र सकेट भएको २ बोरा र आधा बोरा

६) विभिन्न कम्पनीको बत्ती थान

७ ख) प्यासेजको दक्षिण पुर्व तर्फ रहेको किचनकोठाबाट बरामद भएको सामानहरुको बिबरण ः– १) धारा २ थान र पाईप भएको पिलर कक थान २

२) विग कक थाराको टुटी थान ३

३) बिग कक धाराको टुटी थान ४ प्याकेट

४) धारा २प्याकेट

५) हयाण्डस सावर १ प्याकेट

६) हयाण्डस सावर २ प्याकेट

७) सिङ्गल लिभर बेसिन मिक्सचर ८ प्याकेट

८) बेसिन कनेक्सन एङ्गल भल्व (प्याकेटमा दुई वटा धारा भएको ) प्याकेट ११ र प्याकेटमा एउटा धारा भएको १ प्याकेट गरी जम्मा १२ प्याकेट ।

९)एङ्गल स्टव कक बिच वाल फिङ्गर

१० प्याकेट १०) सिन्क मिक्सचर ६ प्याकेट

१२) बिग कक सर्ट बडी प्याकेटमा २ वटा धारा भएको ३ प्याकेट र एउटा धारा भएको १ प्याकेट गरी जम्मा ४ प्याकेट ।

१३) हाफ पेडिस्टल फिक्सिङ्ग थान २

१४) बाथ ट्युब थान २

१५) सिन्क मिक्सचर थान ९

१६)बेसिन मिक्सचर थान १४

१७ वाल मिक्सचर थान १३

१८) स्प्रे पाईप थान ३ ।

१९)बिग कक नोजल १ बट्टा (प्याकेट)

२०) विभिन्न धाराहरुमा लाग्ने वासर र लेग भएको २० के.जी.को बोरामा भएको १ बोरा ।

२१) फलामे धारिलो हतियार थान १

२२) कालो रातो रङ्गको ३० ईन्च लामा औजार (कैंचि) थान १ बरामद नगद ७००००।- ( सत्तरी हजार ) चोरीमा प्रयोग हुने सवारी साधनहरु ः–

१) बा १ज ११९२ नं. को प्रतिवादी ओमराज श्रेष्ठले चलाउने गरेको ट्याक्सी थान १

२) बा १४ च ७२६९ नं. को प्रतिवादी पारस प्रसादले चलाउने गरेको मारुती भ्यान थान १

३) बा ८० प १५४० नं.को १५० सि.सि.को प्रतिवादी सन्तोष पोद्दारले चलाउने गरेको पल्सर मोटरसाईकल थान चोरी गर्ने तरीका ः– प्रतिवादीहरुले दिनको समयमा भ्याली भित्र रहेका विभिन्न हार्डवेयर,ज्वेलर्स, फेन्सि पसल लगायत स्थानहरुमा ग्राहक तथा विभिन्न बहानामा पसलहरुमा गई रेकि गरी फर्किने र रातीको समयमा दिनमा रेकि गरेको तथा चोरी गर्ने उपयुक्त हुने पसलहरुको ताला तथा सटर काटी ,फुटाई धनमाल चोरी गरी बा १ ज ११९२ नं. को ट्याक्सी चालकलाई बोलाई सोही ट््याक्सीमा लोड गरी का.जि.का.म.न.पा.वडा नं. ३१ पुरानो बानेश्वर बस्ने चोरहरुलाई परिचालन गर्ने पारस प्रसाद र सन्तोष पोद्दारको चोरीका सामानहरु राख्न प्रयोग गर्ने गरेका गोदाममा राखी सोही गोदामबाट बा १४ च ७२६९ नं.को मारुती भ्यानमा चोरी का सामानहरु राखि निमार्णधिन घरहरुमा पारस प्रसादले फरार रहेका व्यक्तिहरु मार्फत चोरीको सामान बिक्रि बितरण गर्ने गरेको ।

निजहरुले हाल सम्म खुल्न आएको चोरी गरेका स्थानहरुको बिबरणः–

१) दशैं भन्दा अगाडी असोज महीना तिर जिल्ला भक्तपुर कमल बिनायक स्थित रहेको हार्डवेयर पसल

२) कार्तीक महीना तिर जिल्ला काठमाण्डौ कपन एकता बस्ती स्थित रहेको हार्डवेयर पसल

३) मंसिर महीनामा जिल्ला ललितपुर हरिहिशद्धि स्थित रहेको हार्डवेयर पसल

४) मंसिर महीनामा का.जि. का.म.न.पा.वडा नं.४ बिशालनगर स्थित रहेको फेन्सि पसल

५) माघ महीनामा जिल्ला ललितपुर ईमाडोल स्थित रहेको हार्डवेयर पसल

६) मिति २०७५।११।१३ गते राती ऐ स्थित रहेको ए.एण्ड बि. ज्वेलर्स पसल (सनाखत भएको )

७) मिति २०७५।११।२१ गते राती का.जि.का.म.न.पा.वडा नं.४ धुम्बाराही स्थित रहेको रिजन ईन्टरप्राईजेज हार्डवेयर पसल ( कर्ण प्रसाद चौलागाईबाट सनाखत भएको )

८) कार्तीक अन्तीम तिर जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं.९ धापासि स्थित रहेको ग्राण्डी अस्पतालको नजिकै रहेको मोवाईल पसल ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा

आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भिजिट भिसा प्रकरण: अध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

पूर्वीनाकाबाट चार करोड ६० लाख रुपैयाँको खरबुजा भित्रियो

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)

अमेरिकी राजदूत थम्प्सन मुस्ताङमा

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com