काठमाडौँं, ३० फागुन । बिहीबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गाडीको ओहोरदोहोर सामान्य छ । अघिल्लो दिनको तुलनामा गाडी कम चले पनि कतै अवरोध भने नरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन समेत आग्रह गरेको छ ।
काठमाडौँंको चक्रपथमा सामान्य दिनको जस्तै सार्वजनिक गाडी चलिरहेका छन् । भित्री ठाउँमा भने हिजोको तुलनामा गाडी कम चलेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको चर्चासँगै धेरैजसो निजी विद्यालय आज बन्द गरिएका छन् । निजी विद्यालय सञ्चालन नभएकाले पनि गाडीको ओहोरदोहोर कम देखिएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्