बुटवल, ३० फागुन ।
बिप्लप नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रदेश नम्बर ५ को राजधानी बुटवलमा प्रभाव देखिएको छ ।
बन्दका कारण बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने सडक सुनसान देखिएको छ ।
रातभरी कुनै घटना नघटेपनि एका बिहानै बुटवल स्थिति राजमार्गमा संकास्पद बस्तु भेटिएको छ । बुटवल बेलहिया सडकखण्डको बुटवल उपमाहानगर पालिका वडा नं ११ स्थीत कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथी शंकास्पद बस्तु भेटिएको हो । भेटिएको शंकास्पद बस्तु बम जस्तो भएकोले जनजिवन त्रसित बनेको छ । घटनास्थलमा प्रहरीले सुरक्षा दिएको छ ।
देशभरी आफ्ना कार्यकर्तालाई प्रहरीले धरपकड गरेको भन्दै ३० गते बन्द आह्वान गरेको बिप्लप समुह सरकारले सो समुहलाई प्रतिबन्ध लगाए पछि थप आक्रमक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्