
काठमाडौं, २८ फागुन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने, व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने, तथा गैरकानुनीरुपमा चन्दा असुली गर्ने कार्य जारी राखेको भन्दै सरकारले प्रतिबन्धको निर्णय गरेको बताईएको छ । मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपा नामबाट आजकै मितीबाट कुनै पनि गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको सरकारी स्रोतले दाबी गरेको छ ।
राज्यले वार्तामा बोलाउँदा समेत नआएको भन्दै प्रतिबन्ध लगाउने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा उठाएपछि नेकपालाई प्रतिबन्ध लगाउने निर्णय भएको सरकारी श्रोतको दाबी छ ।
श्रोतका अनुसार मन्त्री परिषदको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा बोलाउंदा नआएको, विप्लव नेतृत्वको समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका ब्यवसायीक प्रतिस्थान भएको बम विस्फोट र चन्दा आतंकबारे जानकारी गराएका थिए ।



















प्रतिक्रिया दिनुहोस्