बुटवल, २४ फागुन,
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले काल्पनिक कथाको अन्धबिश्वासमा पर्दा सम्म नेपाली महिलाहरुको मुक्ति सम्भव नरहेको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ र अखिल नेपाल महिलासंघ क्रान्तीकारीको प्रदेश कमिटीले आज बुटवलमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले महिलाहरु समाजमा अगाडी बढ्नबाट काल्पनिक कथाको अन्धबिश्वास बाधक भएको बताउनु भयो । उहांले सामाजिक उन्मुक्तिका लागि महिलाहरुलाई काल्पनिक कथाका पछाडी नलाग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पोखरेलले बिगतमा राज्यकै बिभेदकारी निती भएका कारण महिलाहरु पछाडी पारिएको उल्लेख गर्दै वर्तमान सरकार धर्म निरपेक्षको पक्षमा र समानताको पक्षमा रहेकाले महिलाहरुको मक्तिको बाटो सहज हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेश सरकारका पर्यटन मन्त्री लिला गीरी, अनेमसंघका केन्द्रिय सदस्य साबित्रा अर्याल, अनेमसंघ क्रान्तीकारीकी केन्द्रिय सदस्य टिका ओली लगायतले श्रमिक महलिाहरुलाई शुभकामना दिनुभएको थियो भने गायक बद्री पंगेनीले महिला मुक्तिका बिषयमा लेखिएको आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्