काठमाडौं ,२२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान अस्पताल जानुभएको हो ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले त्रिवि शिक्षण अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, अस्पताल भर्ना भएको भन्दा पनि नियमित चेकजाँचका लागि आउनु भएको हो । दिनभर जस्तो लाग्छ होला ।’ प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा दिब्या सिंहसहितको टोलीले चेकजाँच गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्