काठमाडौँ, २२ फागुन । टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ ।

थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।
जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीका अनुसार मुद्दाको बिषयमा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गर्नुभएको थियो ।त्यस्तै प्रतिवादी तर्फबाट भने धेरै कानुन ब्यवसायी हरुले बहस गर्नु भएको थियो । यो घटनका प्रमुुख आरोपी मानिएका चौधरी घटना लगत्तै भूमिगत हुनुभएको थियो ।
चौधरी गतवर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । उहाँ हाल डिल्लीबजार कारागारमा हुनुहुन्छ । चौधरीलार्ई केही महिना अघि मात्रै संसद्मा सफथ गराइएको थियो । सांसद चौधरीसहित घटनामा हालसम्म २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । त्यस्तै ३२ अभियुक्त अझै फरार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्