काठमाडौँ, २० फागुन । महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष लाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष गरेको अर्बौंको कारोबारको लेखापरीक्षण नगराएपछि महालेखा परीक्षकको कार्यालयले विकास कोषलाई उच्च निगरानीमा राखेको हो ।
महालेखा परीक्षकको कार्यालयका अनुसार पशुपति क्षेत्र विकास कोषको आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ सम्मको तीन वरर हाल सम्मको हिसाव किताव ्षको अवधिमा मात्रै झन्डै ६ अर्ब कारोबार भएको छ ।

महालेखा परीक्षक कार्यालयले पटक–पटक लेखापरीक्षण गराउन ताकेता गरे पनि बेवास्ता गर्दै आएपछि उच्च निगरानीमा राखी अन्तिम पटक ताकेता गरेको छ ।
महालेखाले दुवै निकायलाई फागुनसम्म हालसम्मको सम्पूर्ण कारोबारको लेखापरीक्षण सम्पन्न गर्न अल्टिमेटम दिँदै पत्र पठाएको छ ।
महालेखा परीक्षकको कार्यालयले आफ्ना लेखापरीक्षकलाई साउनदेखि नै पशुपति क्षेत्र विकास कोषमा खटाएपनि असहयोगका कारण लेखापरीक्षकले लेखापरीक्षण गर्न पाएका छैनन् । दुवै निकायले विभिन्न बहाना बनाउँदै लेखापरीक्षकलाई फर्काउँदै आएपछि महालेखा परीक्षक कार्यालय आक्रोशित बनेको हो ।
‘महाशिवरात्रिको अवसरसँगै पशुपतिनाथको नाममा आउने रकम र हुने खर्चलाई समेत पारदर्शी बनाउने अभियानस्वरूप कोषको तीन वर्षको सबै हिसाबकिताब मागेका मागेको, महालेखा परीक्षक ले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्