dxflzj/fqL tof/L

काठमाडौं, २० फागुन । यस वर्षको महाशिवरात्रीको सवै तयारी पूराभएको पशुपति विकास कोषले जनाएको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल पशुपतिनाथमा महा शिवरात्री पर्वका लागि हजारौं हजारको संख्यामा दर्शनार्थी आउने हुदा सुरक्षा व्यवस्था सहीत दर्शनाथीको सहज मन्दीर दर्शनको प्रवन्ध गरीएको कोषले जनाएको छ ।
हिन्दु धर्मावलम्वीहरुको पर्व महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाल लगायत विश्वभरका हिन्दु धर्मालम्बीहरुमा महाशिवरात्री पर्वको विशेष महत्व रहने गरेको छ ।
यस अवसरमा पशुपतिनाथको मन्दिर दर्शन गर्न निकै ठुलो संङ्ख्यामा दर्शनार्थी, भक्तजनहरुको उपस्थिति हुने गरेको छ । शिवरात्रीका दिन विहान ३ बजेवाटै दर्शन गर्ने प्रवन्ध मिलाइएको छ । विभिन्न ठाउवाट आउने दर्शनार्थीलाई मध्यनजर गर्दै भोलिका दिन मध्यान्हमा पूजा नगरीने पशुपति बिकास कोसले जनाएको हो । शिवरात्रीको महत्व भनेको रात्रीकालमा हुने भएकाले भोली बेलुकी छ बजे देखी पर्सि विहान ६ बजेसम्म गरी चार प्रहरमा भगवान शिवको विषेश पुजा हुने कोषले जानकारी गराएको छ । यसैबीच शिवरात्रीमा सहभागिता जनाउन नेपाल तथा भारतबाट आजसम्म करिब ४ हजार साधु सन्त पशुपति क्षेत्र प्रवेश गरिसकेका छन् ।
शिवरात्री मेला व्यवस्थीत गर्न कोषले ८ उपसमिती गठन गरी तयारी गरेको छ । कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाईन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक\एक लाईन, जयवागेश्वरी ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो पश्चिम ढोकाबाट १ लाईन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल ह“ुदै दक्षिण ढोकाबाट एक ÷एक लाईन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाईनहरु राख्ने तयारी गरिएको छ । आवश्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाईन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षाका लागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, लागुऔषध व्युरो, सामुदायीक प्रहरी लगायतका ७ हजार सुरक्षाकर्मी खटाइएको कोषले बताएको छ । प्रसादको रुपमा भाङ धतुरो लगायतका नशाजन्य पदार्थको सेवनलाई प्रतिवन्ध गर्न विशेष टोली खटाइएको छ ।
यस्तै स्वयम सेवाको लागी नेपाल स्काउट, चिकित्सक, नर्स र वेड सहित नेपाली सेनाले मूल स्वास्थ्य शिविरको प्रवन्ध गरेको छ । कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनाका साथै आवास, भोजन, लाईटिङ, स्वास्थ्य, वातावरण, सरसफाईका लागी ५० लाखको वजेट छुट्याएको छ भने एकादशीदेखि नै पशुपति परिसर भित्रिएका साधुसन्तको वसाइ एवंम् खानपानको लागि भने विगतका बर्षहरुझैं गुठि संस्थानले प्रवन्ध मिलाउदै आएको छ ।
लाखौं भक्तजनहरु दर्शनका लागि आउने भएकाले पशुपति क्ष्ँेत्रमा भीडभाड हुने गर्दछ । त्यसैले दर्शनार्थीहरुलाई विभिन्न समस्या सिर्जना हुने गर्दछ । तर बहुसंख्यक हिन्दू धर्माबलम्बी र आराध्यदेब पशुपतिनाथको दर्शनका लागि सहजताको दृष्टिकोणले मात्र हैन विभिन्न देशबाट आउने धार्मिक पर्यटकबीच नेपालको छवि उ“चो राख्न पनि शिवरात्री पर्व व्यवस्थापनको जिम्मा लिएको पशुपति क्षेत्र विकास कोषले सरोकारवालाहरुबीच उत्कृष्ठ समन्वय र सहकार्य गर्न जरुरी छ ।



















प्रतिक्रिया दिनुहोस्