काठमाडौं ,१९ फागुन। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न धुम्बाराहीमा विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ।

पूर्व उपप्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्थिव शरीर दिउँसो १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको थियो।




















प्रतिक्रिया दिनुहोस्