ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री अधिकारीप्रतिको श्रद्धाञ्जली सभामा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म (फोटो फिचर)


एबीसी न्यूज
फाल्गुन १७, २०७५ शुक्रबार  १० : ५८ बजे


काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुंडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

श्रद्धान्दजली अर्पण गर्न उपराष्ट्रपति नन्दबहादुर पनि टंडिखेल पुग्नुभएको थियो । मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अपर्ण गर्नुभयो । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शवमा फूलमाला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गर्नुभयो ।




टुंडिखेलमा पुगेर नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना,उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, श्रममन्त्री गोकर्ण विष्ट मन्त्रिपरिषद्का सदस्यहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । दिवंगत मन्त्री अधिकारी सहितका सातै जनालाई पार्टीका नेता कार्यकर्ता, गैरआवसिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र यादव, पर्यटन व्यवसायी तथा निजामति र सुरक्षा सेवाका प्रमुखदेखि सवै दर्जाका अधिकारीहरुले श्रद्धान्जली अर्पण गरेका थिए । अहिले पनि टुंडिखेलमा नेता, कार्यकर्ता लगायत सर्वसाधारणहरुबाट पनि श्रद्धाञ्जली दिने कार्यक्रम जारी छ ।

काठमाडौंमा श्रद्धाञ्जली दिइसकेपछि आजै मन्त्री अधिधकारीको पार्थिव शरीर पोखरा लगिने छ । पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलिका लागि राख्ने तयारी गरिएको छ । त्यसपछि पोखराको नया“ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक लगायत हु“दै सेती नदीको रामघाटमा अन्त्येष्टी गरिने जनाइएको छ । अरुको पनि शव परिवारलाई बुझाएपछि आफ्नै परम्परा अनुसार अन्तिम संस्कार हुने गृह मन्त्रालयले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 52762449_1868977373214043_6549842164535263232_n.jpg

राति अबेरमात्र पोष्टमार्टमको काम सकिएकाले विहान ८ बजेदेखि श्रद्धान्जली कार्यक्रम राखिएको हो । मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राखिएको हो ।

काठमाण्डौबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हु“दै काठमाण्डौ फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको हो ।





प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com