काठमाडौं,१७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको शव श्रद्धाञ्जली विहान ८ बजेबाट टुडिखेलमा राखिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थ श्रद्धाञ्जलीसभा सहभागी हुनुहुनेछ । श्रद्धाञ्जली आजै गृहजिल्ला पोखरा लगेर अन्त्येष्टि गरिनेछ ।
बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दिउसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुडिखेलमा राख्ने भनेको थियो । तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा शुक्रबारसम्म लागि सारिएको छ ।
बुधवार मध्याह््न दुर्घटना भए पनि मौसमको प्रतिकूलताका कारण दुर्घटनास्थलबाट सा“झसम्म चार र बिहीबार बिहान ३ जनाको शव सुकेटार विमान स्थल प¥याइएको थियो । शवको परीक्षण ताप्लेजुङमा सम्भव नभएपछि जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामासहित जिल्ला सुरक्षा समितिको सुकेटारमै बसेको बैठकले शव परीक्षण नै नगरी काठमाडौ पठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्