ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मौसम खुलेको भन्ने सूचना आएपछि चालकले हेलिकप्टर उडाएका थिए”

एबीसी न्यूज

सुकेटार (ताप्लेजुङ), १७  फागुन । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । 

पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर पाथीभरा पुगेको थियो । तेह्रथुमबाटै काठमाडौँ जाने भनेर उडेको हेलिकप्टर उडेपछि मात्रै पाथीभरा जाने निर्णय भएको स्थानीय सुनाउँछन् । 

पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यलाई मन्त्री आउने कुरा केहीअघि मात्रै जानकारी आएको थियो । “जब हेलिकप्टर ओर्लियो त्यसपछि हिउँ र हुरि बतास चल्यो”, मन्दिरका पुजारीको भनाइ उद्धृत गर्र्दै व्यवस्थापन समितिका अध्यक्ष तारा घिमिरेले भन्नुभयो । पूजा गरेर फर्कने बेला हिउँको चिसो छल्न मन्त्रीलगायतको टोली हेलिकप्टरमै बसेर मौसम खुल्ने प्रतीक्षामा चियासमेत पिउनुभएको थियो । 

“ उहाँ हतारहतारमा हुनुहुन्थ्यो, फेरि मौसम थप बिग्रेला भन्ने डर पनि थियो, त्यसैले हतारिनुभएको हो”, घिमिरेले भन्नुभयो । स्वर्गद्वारीबाट आएका एक फलारी बाबालेसमेत मौसम खराब भएको उल्लेख गर्नुभएको घिमिरेले सुनाउनुभयो । 

केही समयको प्रतीक्षामा पाथीभराको ठीक पश्चिममा पर्ने ताप्लेजुङ क्षेत्र (सिधा देखिन्छ) केही मौसम खुलेको भन्ने सूचना आएपछि चालकले हेलिकप्टर उडाएका थिए । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भन्नुभयो, “मौसम चाहिँ खराब थियो तर दुर्घटना कसरी भयो भनेर भन्न सकिदैन ।” 

हेलिकप्टर उडेको निकैपछि दुर्घटना भयो भन्ने सुन्दा विश्वास नै नलागेको पुजारी आचार्यले सुनाउनुभयो । यता सुकेटार विमानस्थलमा पनि मन्त्री चढेको हेलिकप्टर पाथीभरा आउँदै छ भन्ने जानकारी आएको थिएन । तर थाहा पाएपछि विमानस्थलबाटै फोन गरेर जानकारी लिइएको एक कर्मचारीले बताउनुभयो । 

दुर्घटनास्थल पाथीभरा मन्दिरको पश्चिम ताप्लेजुङ बजार पाखोको भिरमा पर्छ । मन्दिर क्षेत्र १२ हजार फिट उचाईमा पर्छ । तर दुर्घटना करीब १० हजार ३९८ फिटको उचाइमा भएको थियो । सुकेटार विमानस्थलबाट दुर्घटनास्थलको खोँच प्रष्ट देखिए पनि घटनास्थल आँखाले ठम्याउन सक्दैन । विमानस्थलबाट करीब छ÷ सात किलोमिटर दूरीमा पर्ने सिस्ने खोलाको शिरमा घटना घटेको जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष गमबहादुर लिम्बूले बताउनुभयो । 

घटनास्लथको माथि र दायाँबायाँ ढुङ्गो छ । तल्लो क्षेत्रमा थोरै भाग जमीन छ । घटनास्थलको वरिपरि भिर छ । जानका लागि बाटोसमेत राम्रो छैन । भएको बाटो हिउँले पुरेको छ । घटनास्थलबाट कच्ची सडकमा आइपुग्न दुई घण्टा लाग्छ । त्यसपछि एक घण्टाको सडकमार्फतबाट सुकेटार विमानस्थल आइपुग्ने स्थानीयको भनाइ छ । बीचमा सामान्य ओडार जस्तो स्थानमा हेलिकप्टर बजारिएको र त्यसपछि आगो लागेको स्थानीयको दाबी छ । 

उक्त दुर्घटनामा मन्त्री अधिकारी र अङ्गरक्षक सेनाका जमदार अर्जुनप्रसाद घिमिरेको शव पहिचान भएको छ । अन्य पाँच शव पहिचान गर्न सकिएको छैन । पाथीभराको थुम्कोबाट उड्नेक्रममा नियमित गति लिन नसक्दा त्यसैको सिधा तल भिरमा गएर ठोक्किएको हुनसक्ने घटनास्थलमा पुगेका एक उद्धारकर्मीले बताउनुभयो । 

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन गर्न पुग्नुभएका मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो । यसअघि ताप्लेजुङको घुन्सामा विसं २०६३ असोज ७ गते पनि विशिष्ट व्यक्ति सवार हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । 
के भन्छन् उद्धारकर्ता 
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले हिउँ पर्दापर्दैको अवस्थामा उद्धार कार्य र शव उठाउने कार्य गरेका थिए । हिउँको कठ्याङ्ग्रिँदो चिसोमा लुगलुग काम्दै दुई दिन हिउँसँग पौँठेजोरीमै उनीहरु उद्धार कार्यमा जुट्दा केही स्थानीयसमेत घटनास्थलमा पुगेका थिए । घटना बुधबार दिउँसो करीब १ः२० बजे भएको थियो । उद्धारका लागि काठमाडौँबाट ३ः२० मा उडेको सेनाको एमआई–१७ हेलिकप्टर अपराह्न ४ः३० बजे सुकेटार विमानस्थल पुगेको थियो । उद्धार टोली लिएर तत्कालै घटनास्थल उडेको हेलिकप्टरले साँझ ५ः४६ बजे डोरीमा झुण्डाएर दुई शव सुकेटार विमानस्थलमा ल्यायो । 

हेलिकप्टर बस्ने ठाउँ नभएपछि उड्दाउड्दै दुई सेना डोरीमार्फत घटनास्थल झरेको थियो । त्यसअघि नै घटनास्थल पुगेका सुरक्षाकर्मीले शव सङ्कलन गरेर प्लास्टिकमा राखिसकेका थिए । सेनाका तालीमप्राप्त नायक प्रताप लामा र लेस नायक तेजव घलेले हुकमार्फत शवलाई बास्केटमा राखेपछि हेलिकप्टरले झुण्ड्याएर सुकेटार विमानस्थल ल्याएको थियो । हेलिकप्टरभित्र सेनानी चिरञ्जीवी चौलागाईंलगायत व्यवस्थापनमा खटिनुभएको थियो । 

साँझ ६ बजे थप दुई शव सुकेटार ल्याइपु¥याएपछि ६ः१० बाट हिउँ पर्न थाल्यो भन्ने खबर घटनास्थलबाट आएपछि सेनाले शव उठाउने कार्य स्थगित ग¥यो । बाँकी तीन शव डोकामा बोकेर ल्याउने स्थानीय सुरक्षा संयन्त्रको प्रयास सम्भव नभएको प्रजिअ भण्डारीले बताउनुभयो । 

बिहीबार बिहान करीब ७ बजे केही समय मौसम खुलेका बेला एकैसाथ तीन शव हेलिकप्टरले विमानस्थलमा ल्याएपछि मौसम बिग्रिएको थियो । शव झुण्ड्याएको डोरीमा झुण्डिएर नै सेनाका दुई उद्धारकर्ता विमानस्थल आएका थिए । करीब ८ बजेदेखि पर्न थालेको हिउँ ११ः४५ बजेसम्मै रह्यो । विमानस्थलमा आधा फिट हिउँ जमे पनि मौसम सफा भएपछि दिउँसो १२ः१० मा शव लिएर सेनाको हेलिकप्टर काठमाडौँ उडेको थियो । सेनाका उद्धारकर्ता कठिन अवस्थामा रात बिताएर उद्धारमा खटिएको अनुभव सुनाउँछन् । 

उद्धारकर्ता सेनानी चिरञ्जीवी चौलागार्इं 
हिउँ त परिरहेकै थियो । हावाहुरी पनि आइरहेकै थियो । भिर भएका कारणले उद्धारमा धेरै कठिन भयो । हामीले हेलिकप्टर ‘ओभरिङ’ गरेर बास्केटसहित डोरीबाट दुई जना सेनालाई पठाएर शव उठाउन सफल भयौँ । मैले माथिबाट ‘एङ्करेज’ गरेको थिएँ । उनीहरु काम सकेर डोरीमै झुण्डिएर सुकेटारमा आए । डोरीलाई नै हावाले घुमाएर आफैँ दुर्घटना हुने सम्भावना हुँदाहुँदै पनि जोखिम लिएर शव सङ्कलन गरिएको हो । 

उद्धारकर्ता नायक प्रताप लामा 
आकाशमै हेलिकप्टरलाई माथि नै ‘ओभरिङ’ गरेर हामी दुई जना (म र तेजव घले) झ¥यौँ । पहिलो चरणमा तीन वटा शव बास्केटमा हालेर पठाइएकामा ढुङ्गामा ठोक्किएर एउटा शव झ¥यो । पछि फेरि दोस्रो पटकमा दुई वटा शव हाल्न सफल भयौँ । 

समय छोटो भएकाले बुधबार रात परेपछि हिउँ पनि झ¥यो । एमआइ–१७ हेलिकप्टर आउन सकेन । माथिल्लो निकायबाट शव कुरेर बस्ने आदेश आएपछि प्रहरी, सशस्त्र र सेना रातभर आगोको भरमा बसेका थियौँ । हिउँ चितुवा, स्याल आउनसक्ने भएकाले रातभर कुर्नुपर्ने भयो । लुगलुग कामे पनि हिउँ टकटक्याउँदै बस्नुपरेको थियो । बिहान पुनःहेलिकप्टर आएपछि हामीले शव बास्केटमा हाल्यौँ । त्यसपछि डोरीमा हुक गरेरै हामी सुकेटारसम्म झुण्डिएर आएका हौँ । कठिन भए पनि शव उठाउन सक्यौँ, त्यसमा खुशी लागेको छ । यस्तो उद्धार पहिला गरेको भए पनि रातभर हिउँमा बासै बसेर गरेको पहिलो हो । 

स्थानीयवासी सागरमणि गौतम 
हामी ४ः३० बजे पुग्दा क्षत्विक्षत अवस्थामा शरिरका अङ्ग यत्रतत्र थिए । त्यसको सङ्कलनमा लाग्यौँ । सेना, प्रहरी सबै थियौँ । हामी राति आठ बजे सबै काम सकेर फर्कियौँ तर प्रहरी नायब उपरीक्षक सञ्जय थापाको नेतृत्वमा घटनास्थलमा सुरक्षाकर्मी बसेका थिए । त्यहाँ प्रायः घोरल, मृगजस्ता वन्यजन्तु पुग्छन् । 

हेलिकप्टर ठोक्कियो वा अरु के भयो यसै भन्न सकिन्न । शव जलेको छ, उछिट्टीएको छ । ओडार र पहरा छ । अलीअली पोथ्रा छ । माथिबाट ठोक्किँदै झरेको भन्दा एकैपटक ठोक्किएको हुनसक्छ । ओडारको छेउमा मन्त्री अधिकारीको केही अङ्ग परेकाले अनुहार भने चिनिन सक्ने देखिन्थ्यो । सिस्नेको सिरानमा दुर्घटना भएको हो । 

प्रजिअ भण्डारी 
पाथीभारा दर्शन गरेर फर्कने क्रममा घटना भएको हो । घटनास्थल एकदम विकटमा पर्छ । फुङ्लिङ नगरपालिका वडा नं १० मा घटना भएको हो । त्यो ठाउँ ठूलो भिर छ । थाहा पाउनेबित्तिकै चारवटै सुरक्षा निकाय परिचालन भएको थियो । सात शवलाई प्रहरीले सङ्कलन गरेर राखेको थियो । विकट भएकाले र हिउँ परिरहेकाले बोकेर ल्याउने अवस्था रहेन । बाटो पनि हिउँले पुरिएको अवस्था थियो । 

त्यसपछि नेपाली सेनाको हेलिकप्टरबाट बुधबार चार शव उठायौँ । मौसम बिग्रियो । हेलिकप्टर जानसक्ने अवस्था भएन । अनि डोकोमा बोकेर ल्याउने प्रयास पनि सफल नभएपछि रातभर सुरक्षाकर्मी भिरमै बसेर आज बिहान मौसम खुलेपछि पुनःहेलिकप्टरबाट तीन शव ल्याइएको हो । दुर्घटना हुँदा मौसम खराब नै थियो । तर दुर्घटना कसरी भयो भन्न सक्तिन । तेह्रथुमको कार्यक्रममा आउनुभएको पछिमात्रै मलाई त्यहाँका प्रमुख जिल्ला अधिकारीले भन्नुभयो । तर मैले चाहिँ चुहानडाँडाबाट पर्यटन मन्त्री पाथीभारा दर्शनका लागि आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि नेपाल प्रहरीको टोली पठाएको थिएँ ।

 फागुन । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com