काठमाडौं,१६ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।
नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्