काठमाडौँ, १६ फागुन । मौसम सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौं आईपुगेको छ ।
बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि उनीहरुको शव संकलन गरी
आज बिहान मात्र घटनास्थलबाट सुकेटार एअरर्पोट सम्म ल्याईएको थियो। आज विहान मौसममा सुधार आएपछि सेनाले शव काठमाडौ ल्याएको हो ।
साँझ सम्ममा ४ र आज बिहान ३ गरी दुर्घटनामा मृत्यु भएका सातैजनाको शव सुकेटारमा ल्याईपुर्याएको केहि समयपछि नै बर्षा,हिमपात र कुहिरोले अवरोध गरेपछि त्यत्तिकै राखिएको थियो।
प्रतिक्रिया दिनुहोस्