
ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाइएको छ ।

सेनाको हेलिकप्टरमा राखेर शव काठमाडौं पठाइएको हो। मौसमको खराबीका कारण दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ पठाउन अप्ठेरो भएको थियो । तर, मध्यान्ह मौसममा केही सुधार भएपछि काठमाडौँ पठाइएको हो ।




















प्रतिक्रिया दिनुहोस्