काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौँ ल्याउन लागिएको छ। बिहान मौसम बिग्रँदा शव ल्याउन समस्या भएकोमा अहिले मौसम सुध्रेको सुकेटार विमानस्थलले जनाएको छ।
एअर क्राफ्ट सफा गरी शव लोड गर्न झन्ड आधा घन्टा लाग्ने र त्यसपछि शव काठमाडौं पठाइने विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टरले जनायो।
केहीबेर अघिसम्म ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले ढाकिएको थियो। हिजो बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस्