काठमाडौं, १५ फागुन । मौसम प्रतिकूलताका कारण हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहितको शव ल्याउन समस्या परेको छ।
उद्धारका लागि सिम्रिकको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो। तर मौसम खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकी फर्किएको थियो। दुर्घटनास्थलका लागि दोस्रो पटक फेरि उडेको सिम्रिक एयरले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्