काठमाडौं , १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका– १०, काफ्लेपाटीको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।
दुर्घटनास्थलमा ७ जनाको शव फेला प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले पनि मृतकमध्ये ५ जनाको शव फेला परेको पुष्टि गरे।
उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ। उनले भने, क्षेत्र प्रसिद्ध तीर्थस्थल पाथिभराको नजिक रहेको छ।
हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको छ, भट्टराईले भने। ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा ७ जना थिए।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
प्रतिक्रिया दिनुहोस्