काठमाडौं , १५ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् ।
उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेको बताए । सवैले हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्