काठमाडौं , १५ फागुन । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। दुर्घटना भएको खबर आयो, राईले भने, तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।
दुर्घटना तेह्रथुमको चुहान डाँडा क्षेत्रमा भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्